अब गुटका दुकान बन्द गर्दै विचारका दुकान खोल्नु पर्दछ : नेता भण्डारी
आइतबार, ०२ कात्तिक २०८२, ०९ : ०८
सारांश
- चन्द्र भण्डारीले गुटका पसल बन्द गरी विचारका पसल खोल्नुपर्ने बताएका छन्।
- उनले महाधिवेशनमा विगतका मापदण्ड परिवर्तन गर्नुपर्नेमा जोड दिए।
- भण्डारीले नेतृत्वलाई कसीमा उत्रिन र अलमल नगर्न आग्रह गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अब गुटका दुकान बन्द गर्दै विचारका दुकान खोल्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले विगतका मापदण्ड बदल्दै महाधिवेशनमा जानु पर्नेमा समेत जोड दिएका छन् ।
कवितात्मक शैलीमा उनले लेखेका छन्-
अब महाधिवेशनमा जानु पर्दछ,
विगतका मापदण्ड बदल्नु पर्दछ।
गुटका दुकान बन्द गर्दै ,
विचारका दुकान खोल्नु पर्दछ !
नाटक अब चल्दैन ।
नेतृत्व कसिमा उत्रनु पर्दछ।
अब !!!
अलमल गर्नु हुँदैन,
खरानी हात परेको छ ,
सफा अब गर्नै पर्दछ !
जय नेपाल !!!
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण