गायिका नितु पौडेलको आत्मदाह प्रयास : बाबुल गिरीमाथि प्रहरीको सोधपुछ
आइतबार, ०२ कात्तिक २०८२, १३ : २९
सारांश
- गायिका नितु पौडेलले आत्मदाह प्रयास गरेपछि प्रहरीले गायक बाबुल गिरीसँग सोधपुछ सुरु गरेको छ।
- पौडेलले अनामनगरस्थित एक स्टुडियो अगाडि आत्मदाह प्रयास गरेकी थिइन्।
- प्रहरीले घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ, र नितुको अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौँ । गायिका नितु पौडेलले आत्मदाह प्रयास गरेको घटनामा प्रहरीले गायक तथा संगीतकार बाबुल गिरीमाथि सोधपुछ थालेको छ ।
पौडेलले शनिबार अनामनगरस्थित एक स्टुडियो अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन् । सो घटनाबारे सोधपुछ गर्न गायक तथा संगीतकार बाबुल गिरीलाई बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
अनुसन्धान अधिकृतहरूले गिरीसँग घटना र कारणबारे सोधपुछ गरिरहेका छन् । साङ्गीतिक क्षेत्रमा नितु र बावुल निकट मानिन्थे । नितुको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण