नेकपा बैठकका १७ बुँदे निर्णय सार्वजनिक : नोटबन्दीको मागदेखि पार्टी एकताको पक्षमा निर्णयसम्म
सारांश
- विप्लव नेतृत्वको नेकपाले हालै सम्पन्न केन्द्रीय समिति बैठकका १७ बुँदे निर्णय सार्वजनिक गरेको छ।
- नेकपाले ५०० र १००० दरका नोट खारेज गर्न माग गर्दै नयाँ नोट छाप्नुपर्ने बताएको छ।
- बैठकले कृषि उत्पादन बढाउँदै 'एकीकृत स्वामित्व' अन्तरगत एउटा उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ।
काठमाडौँ । विप्लव नेतृत्वको नेकपाको हालै सम्पन्न केन्द्रीय समिति बैठकका १७ बुँदे निर्णय सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी नेकपाले असोज २६ देखि ३० गतेसम्म बसेको केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक गरेको हो ।
महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा नेपालमा ५०० र १००० दरका नोट खारेज गर्न माग गरिएको छ । भ्रष्टाचारी, तस्कर, माफियालगायतको कालोधनबाट देशलाई बचाउन ती दरका नोट खारेज गरी नयाँ दरका नोट छाप्नुपर्ने नेकपाले माग गरेको हो ।
यस्तै नेकपाले कृषि उत्पादन बढाउँदै ‘एकीकृत स्वामित्व’ अन्तरगत एउटा उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ । विगतदेखि नै पार्टीलाई उत्पादनसँग जोड्दै आएको नेकपाले यो वर्ष वर्षेबाली उत्पादन सोचेभन्दा राम्रो भएको र हिउँदे बाली उत्पादनलाई पनि व्यवस्थित गर्ने निर्णय गरेको हो ।
यसैगरी बैठकले जेनजी विद्रोह सफल भएपनि जेनजीहरु आफ्नो एजेण्डाअनुसार अघि बढ्न नसकेको निष्कर्ष निकालेको छ । यस्तै बैठकले जेनजी विद्रोहपछि कम्युनिस्टहरुबीचको एकता र नयाँ कम्युनिस्ट केन्द्र निर्माणको आवश्यकता झनै जरुरी रहेको निष्कर्ष निकालेको छ ।
जसअनुसार नेकपाले समाजवादी मोर्चामा आबद्ध पार्टी, माओवादी घटक, सबै कम्युनिस्ट पार्टीसँग छलफल बढाउने र आफ्नो ठाउँमा जुनसुकै योगदान गर्न तयार रहने निर्णय समेत गरेको विज्ञप्तिमा उल्लेख छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण