राजनीतिक उद्देश्य प्राप्त गर्न जेनजी विद्रोह असफल, सर्वपक्षीय सरकार गठन गर्नुपर्छ : विप्लव
सारांश
- नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जेनजी विद्रोह राजनीतिक उद्देश्यमा असफल भएको बताए।
- विप्लवले जेनजी पुस्ताले उठाएका मागहरु नेकपाले पहिले नै उठाएको र ओली सरकारले सामाजिक सञ्जालमा रोक लगाएको बताए।
- उनले समस्या समाधानका लागि क्रान्तिकारी कम्युनिस्ट, देशभक्तहरूको संयुक्त सरकार गठन गर्नुपर्ने बताए।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जेनजी विद्रोह राजनीतिक उद्देश्य प्राप्त गर्न असफल भएको बताएका छन् । केन्द्रीय समितिको विशेष बैठकको निर्णय आइतबार काठमाडौँमा सार्वजनिक गर्ने क्रममा विप्लवले उनीहरूको राजनीतिक उद्देश्य पुरा गर्न असफल भएको बताएका हुन् ।
‘जेनजी विद्रोहले सरकार, संसद् विघटन गर्न सफल भयो । अन्तरिम सरकार गठन भयो तर जेनजीले उठाएका माग पुरा भएन । सुशीला कार्की कसरी प्रधानमन्त्री बनिन्, मन्त्रीहरु कसरी बने भन्नेमा मतभेद छ । यत्रो विद्रोहपछि समस्याको हल हुनुपर्थ्यो । तर त्यसो नभई अर्को विद्रोह र अराजकतामा जाने खतरा देखियो । निर्वाचन प्रणाली, राज्यको शासकीय स्वरूप, संविधानको पुनर्लेखन लगायत एजेन्डा पुरा गर्न जेनजी विद्रोह असफल भएको हाम्रो पार्टीको निष्कर्ष छ’, उनले भने ।
विप्लवले जेनजी पुस्ताले जुन एजेन्डा अगाडि सारेका थिए, ती प्रस्ताव नेकपाले धेरै अगाडिदेखि नै उठाएको जिकिर गरे । यद्यपि ती माग तत्कालीन केपी ओली सरकारले सामाजिक सञ्जालमा रोक लगाएकाले विस्फोट भएको उनले जिकिर गरे ।
‘जेनजीले जे माग उठाएका थिए, ती वास्तविक माग थिए । हामीले ठुलो सङ्घर्ष गरेर गणतन्त्र ल्यायौँ तर गणतन्त्रमा जसरी सबै पक्षलाई समेटेर सम्बोधन गर्नुपर्थ्यो । त्यो भएन । एक प्रकारले असफल जस्तै भए । ठुलठुला भ्रष्टाचार भयो । एमसीसी पास भयो । मुलुकमा बेथिति बढ्दै गयो’, उनले भने– ‘यी सबै समस्या समाधानका लागि क्रान्तिकारी कम्युनिस्ट, देशभक्तहरूको संयुक्त सरकार गठन गर्नुपर्छ । जेनजीहरुलाई समेत समेटेर प्रत्यक्ष कार्यकारी निर्वाचन, निर्वाचन प्रणालीमा सुधार र संविधानको पुनर्लेखन गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण