आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

देश विकासको बाटोमा अघि बढ्दै थियो, जेनजी आन्दोलनपछि त्यो भताभुङ्ग भएको छ : ओली

आइतबार, ०२ कात्तिक २०८२, १४ : ४९
आइतबार, ०२ कात्तिक २०८२

सारांश

  • केपी शर्मा ओलीले देशको विकास नेकपा (एमाले) को आन्दोलन पछि कमजोर भएको बताए।
  • ओलीले आफू प्रधानमन्त्री हुँदा देश स्थायित्व र समृद्धिको दिशामा अघि बढेको दाबी गरे।
  • उनले अहिलेको राजनीतिक घटनाक्रमले देशलाई अस्थिर बनाएको टिप्पणी गरे।

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको गति जेनजी आन्दोलनपछि कमजोर र अस्थिर बनेको दाबी गरेका छन् । आइतबार राजधानीमा सञ्चार माध्यमका सम्पादकहरूसँग भएको अन्तरक्रियामा बोल्दै उनले आफू प्रधानमन्त्री हुँदा देश स्थायित्व र समृद्धिको दिशामा अघि बढिरहेको तर पछिल्लो राजनीतिक घटनाक्रमले त्यसलाई भताभुङ्ग भएको दाबी गरे ।

‘म देशमा समृद्धि ल्याउनुपर्छ, समानता ल्याउनुपर्छ, शान्ति र सुव्यवस्था विस्वस्त ढंगले कायम गरिनुपर्छ र सबैको जिउधनको सुरक्षा हुनुपर्छ भन्नेमा विश्वास राख्छु,’ ओलीले भने– ‘हरेक नागरिकले सम्मानजनक जीवन जिउन पाउनुपर्छ। म प्रधानमन्त्री हुँदा लेखेकै कारण कसैलाई त्रसित हुनपर्ने अवस्था थिएन, देश विकासको बाटोमा अघि बढ्दै थियो।’

उनले अहिलेको अवस्थाबारे टिप्पणी गर्दै भने– ‘त्यो बाटो भताभुङ्ग भएको छ, अस्थिरता र अनिश्चयताले देशलाई पछाडि धकेलेको छ।’ ओलीले मुलुकप्रति आफ्नो बफादारिता अटल रहेको उल्लेख गर्दै भने ‘कसैलाई मन परोस् वा नपरोस्, मेरो देशप्रतिको निष्ठा कहिल्यै कमजोर हुँदैन।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप