विपिनको शव भोलि नेपाल आइपुग्ने, सरकारले श्रद्धाञ्जलि दिने
काठमाडौँ । हमासद्वारा इजरायलमा मारिएका विपिन जोशीको शव भोलि नेपाली ल्याउने तयारी भइरहेको छ ।
परराष्ट्र मन्त्रालय त्यसको तयारीमा जुटेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार विपिनको शव सोमबार साढे २ बजे नेपाल आइपुग्नेछ । उनको शव नेपाल आएपछि सरकारको तर्फबाट श्रद्धाञ्जलि कार्यक्रम गरिने छ ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले विपिन शव ल्याउन नेपालबाट प्रतिनिधि जाने भनिए पनि तयारी भने भइनसकेको बताए ।
'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत विपिन जोशी इजरायल गएका थिए । सन् २०२३ अक्टोबर ७ मा हमासले इजराइलमाथि आक्रमण गर्दा विपिन हमासको कब्जामा परेका थिए, जहाँ १० नेपालीको ज्यान गएको थियो । ती १० नेपालीको शव त्यतिबेलै नेपाल ल्याइएको थियो । विपिन हमासको कब्जामा रहेको थाहा पाएपछि रिहाइका लागि नेपालले निकै प्रयास गरेको थियो ।
हमास समूहले इजरायललाई विपिनको शव हस्तान्तरण गरेपछि त्यसको डीएनएलगायत अन्य परीक्षणमार्फत उनी नै रहेको पुष्टि भएपछि इजरायलबाट शव ल्याउने प्रक्र सुरु गरेको हो । भोली जोशीको शव नेपाल आइ पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण