मासिक कथावाचन कार्यक्रमको २३ औँ शृङ्खला सम्पन्न
सारांश
- मासिक कथा वाचन कार्यक्रमको तेइसौं शृङ्खला २०८२ असोज ३१ गते सम्पन्न भयो।
- कार्यक्रममा विभिन्न स्रष्टाहरूले आ-आफ्ना कथाहरू वाचन गरे, जसमा समिक्षा पनि गरिएको थियो।
- कथा वाचन कार्यक्रमको उद्देश्य कथा विधाप्रति पाठकको रुचि जगाउनु र यसको विकासबारे चिन्तन गर्नु हो।
काठमाडौँ । नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत सञ्चालित मासिक कथा वाचन कार्यक्रमको तेइसौं शृङ्खला २०८२ असोज ३१ गते सम्पन्न भएको छ। हरेक महिनाको अन्तिम शुक्रबार आयोजना हुने यस कार्यक्रमको उद्देश्य कथा विधाप्रति पाठकको रुचि जगाउनु र यसको विकासबारे चिन्तन गर्नु रहेको अभियानका परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले बताए।
कार्यक्रमको सुरुवातमा दिवंगत स्रष्टा भीमनिधि तिवारीको 'चखेवा चखेवी' कथा वाचन गरियो। त्यसपछि नियात्राकार निर्मोही व्यास, स्रष्टा इन्दिरा प्रसाई, कथाकार बाबा न्यौपाने र मानसीले आफ्ना कथा वाचन गरेका थिए।
समीक्षक प्रा. डा. भरतकुमार भट्टराई र प्रमोद प्रधानले वाचित कथाहरूमाथि संक्षिप्त टिप्पणी गरे। अभियानका अर्का परिकल्पनाकार पुष्कर लोहनीले पत्रकारिताको अनुभव सुनाउँदै दौलत विक्रम बिष्टको कथा छापेबापत जेल जानुपरेको स्मरण गरे।
उपन्यासकार शुकदेव उपाध्यायले सञ्चालन गरेको यो मासिक कार्यक्रम लोहनीको निवासमा हुँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
-
पोखरा रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण