रफाह क्रसिङ सोमबार पनि नखुल्ने
काठमाडौँ । इजरायल र हमासबिच युद्ध विरामको ६ दिनपछि इजिप्ट र गाजाबिचको रफाह ब्रडर क्रसिङ सोमबार पनि नखुल्ने भएको छ । यसअघि सोमबारदेखि क्रसिङ पुनः खुल्ने भनिएको थियो ।
तर, थप सूचना नआउँदासम्म बन्द नै रहने शनिबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताए । दुवै पक्षले एक अर्कामाथि सम्झौता उल्लङ्घन गरेको आरोप लगाइरहँदा नेतन्याहुले यस्तो टिप्पणी गरेका हुन् ।
हमासको कब्जामा रहेका बाँकी बन्धकको शव फिर्तीमा यो निर्भर रहने नेतान्याहुको भनाइ छ । इजिप्टस्थित प्यालेस्टिनी दूतावासले शनिबार रफाह ब्रडर क्रसिङ सोमबारबाट खुल्ने बताएको थियो । नेतान्याहुको उक्त टिप्पणी दूतावासको भनाई लगत्तै आएको हो ।
रफाह ब्रडर क्रसिङ गाजा पट्टीमा जाने एक मात्र नाका हो । युद्ध अघि यो इजरायली नियन्त्रणमा थिएन । इजरायलले मे २०२४ मा सीमाको गाजा तर्फको हिस्सा नियन्त्रण लिएपछि यो नाका बन्द गर्यो ।
नाका बन्द हुँदा हजारौँ मानिसहरू गाजा बाहिर वा भित्र अलपत्र परेका छन् । सिमाना खुलेदेखि गाजामा अलपत्र परेका नागरिकहरूको आवागमन सहज हुने अपेक्षा गरिएको छ । तर शव फिर्ता गर्न ढिलाइ भइरहँदा यो पनि अनिश्चित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण