मेची भन्सारले तीन महिनामा सङ्कलन गर्यो सवा चार अर्ब बढी राजस्व
सारांश
- मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ।
- कार्यालयले ४ अर्ब ३६ करोडको लक्ष्य लिएकोमा ४ अर्ब १५ करोड राजस्व असुली गरेको छ।
- आयातित सामान र मूल्य अभिवृद्धि करबाट उल्लेख्य राजस्व सङ्कलन भएको छ।
झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (साउन, भदौ र असोज) अवधिमा लक्ष्यको ९५ प्रतिशत राजस्व असुली गरेको छ।
पूर्वी नाका काँकडभिट्टामा रहेको भन्सार कार्यालयले यस अवधिमा ४ अर्ब ३६ करोड २८ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ४ अर्ब १५ करोड २० लाख ८ हजार रुपैयाँ असुली गर्न सफल भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँले जानकारी दिए।
सबैभन्दा बढी राजस्व आयातित सामानको भन्सार महसुलतर्फ १ अर्ब ८० करोड ५३ लाख ७९ हजार रुपैयाँभन्दा बढी सङ्कलन भएको छ। यसैगरी, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ४९ करोडभन्दा बढी राजस्व उठेको छ।
जेनजी आन्दोलनबाट प्रभावित भए पनि गत असोज महिनामा मात्रै भन्सारले मासिक लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ। असोज महिनामा १ अर्ब ५० करोड ४९ लाख २४ हजार रुपैयाँको लक्ष्य लिएकोमा १ अर्ब ५२ करोड २४ लाख ९० हजार रुपैयाँ असुली गरी मासिक लक्ष्यको १०१ प्रतिशत सफलता हासिल भएको भन्सार कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण