युद्धविराममा फर्कने इजरायलको वाचा
सोमबार, ०३ कात्तिक २०८२, १० : ०६
सारांश
- इजरायली सेनाले गाजामा युद्धविराममा फर्कने बताएको छ, हमासलाई सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै हवाई हमला गरेको थियो।
- हमासले इजरायललाई सम्झौता उल्लङ्घन गरेको आरोप लगायो र आफू युद्धविराममा प्रतिबद्ध रहेको बतायो।
- इजरायली सेनाले हमासका स्थानहरूमा आक्रमण गर्दा ४४ जनाको मृत्यु भएको अस्पताल स्रोतहरूले जनाए।
तेल अभिभ । इजरायली सेना (आईडीएफ)ले गाजामा युद्धविराममा फर्कने बताएको छ । आइतबार आईडीएफले हमासलाई युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै गाजामा हवाई हमला गरेको थियो ।
आतङ्ककारीहरूले रफाहमा आफ्ना सेनामाथि एन्टी–ट्याङ्क मिसाइल प्रहार हानेको अनि गोली चलाएको आईडीएफले भनेको छ । यस आक्रमणमा दुई सैनिक मारिएको बताइएको छ ।
इजरायली–नियन्त्रित क्षेत्रमा कुनै पनि झडप भएको जानकारी नभएको हमासले भनेको छ । आफू यस युद्धविराममा प्रतिबद्ध रहेको उसको भनाइ थियो । उसले उल्टै इजरायललाई सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ ।
यी आक्रमणहरूले परिस्थितिलाई पूर्ण रूपमा बिगार्न सक्ने उनको भनाइ छ । आफ्नो सेनाले गाजाभर हमास बस्ने ठाउँहरूमा आक्रमण गरेको आइतबार साँझ इजरायली सेनाले भनेको थियो । यी आक्रमणमा ४४ जनाको मृत्यु भएको अस्पताल स्रोतहरूले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण