तिहारमा बिजुलीको माग घट्ने : आपूर्ति व्यवस्थापनमा प्राधिकरण तयार
सारांश
- नेपाल विद्युत प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको माग घट्ने जनाएको छ।
- औद्योगिक क्षेत्र, होटल र रेस्टुरेन्ट बन्द हुने भएकाले बिजुली खपत घट्ने अनुमान गरिएको छ।
- प्राधिकरणले तिहार र छठ पर्वलाई लक्षित गर्दै पर्याप्त र नियमित विद्युत आपूर्तिका लागि तयारी गरेको छ।
काठमाडौँ । यस वर्षको तिहारमा विद्युत्को माग घट्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार तिहारका बेला औद्योगिक क्षेत्र, होटल र रेस्टुरेन्टहरू बन्द हुने भएकाले समग्र बिजुली खपत घट्ने अनुमान छ।
पछिल्ला केही वर्षयता तिहारमा घरायसी खपत बढे पनि औद्योगिक क्षेत्र बन्द हुँदा समग्र माग घट्ने प्रवृत्ति देखिएको सिलवालले बताए। उनले भने, 'पहिले तिहारमा डिमान्ड बढ्थ्यो, अहिले घट्छ, यसको कारण इन्डस्ट्रीहरू बन्द हुनु हो।'
यद्यपि, तिहार र छठ पर्वलाई लक्षित गर्दै विद्युत् आपूर्तिलाई पर्याप्त र नियमित बनाउन प्राधिकरणले सबै तयारी पूरा गरेको छ। सिलवालका अनुसार अहिलेको विद्युत् प्रणाली पहिलेको जस्तो कमजोर छैन, त्यसैले तिहारको समयमा कुनै किसिमको अभाव नहुने विश्वास प्राधिकरणको छ।
नियमित आपूर्तिका लागि कर्मचारीहरू पूर्ण रूपमा खटिनेछन् र वितरण लाइन, सबस्टेशन तथा मर्मत कार्यमा आवश्यक पूर्वतयारी गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण