अमेरिकाका नेपालीहरूले यसरी मनाए कुकुर तिहार र लक्ष्मी पूजा (तस्बिरहरू)
सारांश
- अमेरिकामा २०२५ को लक्ष्मी पूजा र कुकुर तिहार एकै दिन परेकोले नेपालीहरूले कुकुर तिहार मनाए।
- अमेरिकामा नेपाली समुदायले कुकुरलाई स्वास्थ्यवर्धक खानेकुरा खुवाए, सेलरोटी र नेपाली परिकार दिए।
- लक्ष्मी पूजामा नेपालीहरूले घर सजाए, लक्ष्मीको पूजा गरे र कन्या तथा छोरी चेलीलाई दक्षिणा दिए।
डीसी महानगर क्षेत्र । सन् २०२५ अर्थात् २०८२ सालको लक्ष्मी पूजा र कुकुर तिहार एकै दिन परेकाले सोमबारका दिन अमेरिकामा अधिकांश नेपालीहरूको घर–घरमा सुरक्षाका लागि पालिएका कुकुरलाई मीठा–मीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाएका छन् ।
अमेरिकामा १ घण्टादेखि ३ घण्टा (डिसीबाट क्यालिफोर्निया ,टेक्सस र कोलोराडो)को समय फरक हुने हुनाले सोही अनुसार नेपाली समुदायले आफ्ना घरमा पालेका कुकुरकाे पूजा गरेका छन् । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।
यस वर्ष तिहार गत वर्ष भन्दा अलिक छिटो भएकोले अमेरिकामा अक्टोबर २० का बिहान कुकर तिहार त्यस पछि साँझमा लक्ष्मी पूजा मनाइएको छ ।
अमेरिकामा कुकुरलाई नेपाल जस्तो खानेकुरा दिइँदैन । यहाँ स्वास्थ्यवर्धक र कुकरकै लागि बनाइएका अनेक प्रकारका खानेकुराहरू दिइएको छ । साथै नेपाली सेलरोटी र नेपाली परिकारका समेत भोजन कुकुरलाई खुवाइएको छ ।

कुकुर तिहारलाई नरके चतुर्दशी पनि भनिन्छ । कुकुरलाई आज्ञापालक एवम् रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा पूर्वसूचना समेत कुकुरले दिन्छ भने कुकुरलाई भैरवको बाहन पनि भनिन्छ ।
त्यस्तै साँझ पख देखि अमेरिकामा बसोबास गर्ने नेपालीले धूमधामसँग श्रद्धाभक्तको साथ लक्ष्मी पूजा मनाएका छन् । अमेरिकाका विभिन्न राज्यहरूमा लक्ष्मी पूजा सम्पन्न भइसकेको छ ।

अमेरिकामा पनि नेपालमा जस्तै पूजा सामग्रीहरू प्राय हरेक ठाउँमा सर्वसुलभ तरिकाले पाइने हुनाले पूजा सामग्री, दियो, कलश, फलफूल, मिठाई लगायत सामग्रीहरू नेपाली समुदायले जुटाएका छन् । नेपालीहरूले आफ्ना घर आँगन अगाडि र कोठाभित्र पनि विभिन्न ढाँचाका रंगोली बनाइ घर सजाएका छन् । नेपालकै झझल्को आउने झिलिमिली बत्ती बाली घर उज्यालो परेका छन् ।
अमेरिकामा पनि आँगनदेखि मूल ढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म चामलको पीठो र अवीरले लक्ष्मीको पाइला बनाएका छन् ।

अमेरिकामा आगलागीको डर हुनाले दियोमा बत्ती बाल्ने भन्दा मैनबत्तीको प्रयोग ज्यादा गरेका छन् । अमेरिकामा बत्ती बल्दा घरमा जडान गरेको आगो लागेको सूचक यन्त्रले आवाज दिने हुनाले घरभित्र कम र बाहिर नै ज्यादा बालिने गरिन्छ । सोही अनुसार नेपालीहरूले मनाइ रहेका छन् । अमेरिकामा सुरक्षाको दृष्टिले अहिले दियो जस्तै बल्ने ब्याट्री (विद्युत्कोष) उपलब्ध हुनाले त्यसलाई पनि प्रयोग गरिएको छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाआरधना गरिन्छ ।

लक्ष्मीपूजापछि कन्या र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा समेत दिने प्रचलन छ ।
सुख,सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामना सहित लक्ष्मी पूजाको दिन माता लक्ष्मी तथा लक्ष्मीको स्वरूप धन पैसा, गरगहनाको विशेष रूपमा पूजाआजा र अर्चना गरी लक्ष्मीकै प्रसाद स्वरूप आफ्ना कन्तुर, सन्दुक, सुरक्षित राखनधरण आदिमा स्वस्तिक चिह्न अङ्कित गर्नु वा शुभ लाभ लेख्नु हाम्रो धार्मिक परम्परा रहेको छ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण