प्रधानमन्त्रीसँगको छलफलमा कुन दलबाट कोको हुँदैछन् सहभागी ?
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनबारे छलफलका लागि बैठक बोलाइन्, जसमा विभिन्न दलका नेताहरू सहभागी हुनेछन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले र सोविता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ सहभागी हुनेछन्।
- कांग्रेस, एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरू पनि छलफलमा सहभागी हुनेछन्।
काठमाडौँ । निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम सहभागी हुने भएका छन् ।
महामन्त्री कविन्द्र बुर्लाकोटीले बालुवाटारमा दिउँसो ४ बजे हुने छलफलमा पार्टीबाट उपसभापति वाग्ले र सचिवालय गौतम सहभागी हुने जानकारी दिए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रधानमन्त्रीसँगको छलफलमा महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ सहभागी हुने भएका छन् ।
तीन ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरू सहभागी हुने भएका छन् ।
नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डाक्टर प्रकाश शरण महत सहभागी हुने तय भएको छ । त्यस्तै नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।
माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन सहभागी हुने संयोजक प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
यसैगरी जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव र कार्यकारिणी सदस्य प्रकाश अधिकारी सहभागी हुन लागेका छन् । यसैगरी जनमत पार्टीबाट सीके राउत सहभागी हुनेछन् ।
राष्ट्रिय मान्यताप्राप्त सात दलका नेताहरूसँग प्रधानमन्त्रीले निर्वाचनबारे आज सामूहिक छलफल गर्न लागेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण