‘मन बिनाको धन’ चलचित्र मात्रै हैन अभियान होः निर्देशक टंक बुढाथोकी
सारांश
- निर्देशक टंक बुढाथोकीले 'मन बिनाको धन' चलचित्रलाई अभियान बताएका छन्, जसले मनोरञ्जन र सन्देश दिनेछ।
- अशोक दर्जीको जीवन कथामा आधारित फिल्ममा सरोज खनाल, सन्तोष पन्त लगायतका कलाकारको अभिनय रहेको छ।
- फिल्मको प्रचारका लागि टिमले देशका विभिन्न स्थानमा अन्तर्वार्ता र पोष्टर टाँस्ने काम गरिरहेको छ, कार्तिक २१ गते रिलिज हुँदैछ।
काठमाडौँ । निर्माता तथा निर्देशक टंक बुढाथोकीले ‘मन बिनाको धन’ एउटा चलचित्र मात्रै नभए अभियान भएको बताएका छन् । फिल्मले मनोरोञ्जन मात्र नभएर एउटा सन्देश समेत दिने उनको भनाई छ ।
बुढाथोकी यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् । बाटोमा गीत गाउँदै माग्दै हिँडेका बाल गायक अशोक दर्जीलाई टंक बुढाथोकीले आफूसँग राखेर ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ गीत गाउन लगाएका थिए । यो गीतपछि दर्जीको जीवन नै परिवर्तन भएको छ । उनी अहिले काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् । अशोकको जीवन कथाको पेरिफेरीमा रहेर फिल्म निर्माण भएको हो ।
कार्तिक २१ बाट प्रदर्शनमा आउने फिल्म प्रचारमा बुढाथोकी अहिले जोडतोडले लागेका छन् । प्रचारका लागि निर्माण टिम मिडियामा अन्तर्वार्तादेखि पोखरा, चितवन, नेपालगन्ज, इटहरी लगायत पूर्वमा इ–रिक्सामा पोस्टर टाँस्ने र होर्डिङ बोर्ड राख्ने समेत गरिरहेको छ ।
फिल्ममा अशोकको अलवा सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारको अभिनय छ ।
फिल्ममा टंक बुढाथोकी संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी.गुरुङको सम्पादन छ । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण