जन्मने बच्चाको आँखा निलो होस् भनेर गर्भवती महिलाले फेरिन् आफ्नो आँखाको रङ्ग
सारांश
- एक रुसी युवतीले बच्चाको आँखा नीलो होस् भनेर गर्भावस्थामा आँखाको रंग परिवर्तन गराएकी थिइन्।
- कस्मेटोलोजिष्टले डीएनएले रिअरेन्ज गर्ने दाबी गरेपनि विशेषज्ञहरूले वैज्ञानिक प्रमाण नभएको बताए।
- सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त घटनालाई लिएर युवतीको खिल्ली उडाएका छन् र व्यंग्य गरेका छन्।
मस्को । कृत्रिम आइरिस प्रत्यारोपण गर्नेदेखि लेजर प्रक्रियासम्म आँखाको रङ्ग परिवर्तन गर्ने अनेक प्रक्रिया छन् । यी प्रक्रियाबाट २० सेकेन्डमै खैरो आँखा निलो बन्छ । रुसकी एक युवती सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् ।
आफ्नो जन्मन लागेको बच्चाको आँखा निलो रंगको होस् भनेर उनले गर्भावस्थामा आफ्नो आँखाको रङ परिवर्तन गराएकी थिइन् ।
डीएनएले स्वतः आफूलाई रिअरेन्ज गर्ने भएकोले आफूले हालसालै आफ्नो आँखाको रङ्ग फेरेको रुसी कस्मेटोलोजिष्टले रुसको एक जना डक्टरसँग उनको लोकप्रिय पोडकास्टमा बताइन् । तर विशेषज्ञहरूले यस्तो कुनै वैज्ञानिक प्रमाण नभएको बताएका छन् ।
यो कुरा सुनेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनलाई मजाकमा उडाइरहेका छन् । एक प्रयोगकर्ताले भने, “मैले गर्भधारणअघि लेजर हियर रिमुभल गराएँ ताकि मेरा बच्चा बिना कपाल जन्मिउन्।’ आफ्नो बच्चाले जन्मने बित्तिकै जर्मन भाषा बोलोस् भनेर आफूले जर्मन भाषा सिकेको भन्दै अर्का प्रयोगकर्ताले ती युवतिको खिल्ली उडाएका थिए । यो घटना अहिले सामाजिक सञ्जालमा व्यंग्य र हास्यको विषय बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण