भक्तपुरका ४ पसलमा अखाद्य मिठाई
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर नगरपालिका–१०, कमलविनायक क्षेत्रमा सञ्चालित चार वटा मिठाई पसलमा अनुगमन गर्दा खाद्य गुणस्तरहीनता, अखाद्य मिसावट र सरसफाइमा लापरबाही भेटिएको जनाएको छ ।
तिहारलाई लक्षित गरी विभागले तत्काल सुधारका लागि निर्देशन दिँदै केही पसलमाथि थप कारबाहीको चेतावनी समेत दिएको छ ।
विभागले सोमबार गरेको अनुगमनमा अस्वच्छ भान्छा, म्याद गुज्रिएका खाद्य वस्तु, तेलको असमान्य अवस्था, स्टार्च मिसावट तथा अखाद्य र कृत्रिम रङ्गको प्रयोग जस्ता समस्याहरू पाइएका हुन् ।
विजय मिठाई पसलमा भान्छाको सरसफाइ सन्तोषजनक नभएको, म्याद गुज्रिएका मिठाई, तेलको असमान्य अवस्था र स्टार्च पाइएको थियो । कृत्रिम रङ्ग प्रयोगको आशङ्कामा थप परीक्षणका लागि नमुना लिइएको र पुष्टि भएमा मुद्दा चलाउने विभागले चेतावनी दिएको छ । यस्तै, कामना स्विट्समा म्याद गुज्रिएका मिठाई र अखाद्य रङ्ग, शाक्य स्विट्समा म्याद गुज्रिएका मिठाई र अस्वस्थकर तेल तथा चबज मिठाई भण्डारमा म्याद गुज्रिएका मिठाई भेटिएका छन् ।
विभागले सबै पसलहरूलाई गुणस्तरीय खाद्य पदार्थ उत्पादन गर्न, म्याद गुज्रिएका सामग्री हटाउन, तेलको गुणस्तर सुधार गर्न र सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ ।
विभाग प्रमुख डा. बाल कुमारी शर्माले यस अनुगमनबाट उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न तथा खाद्य व्यवसायहरूलाई जिम्मेवार बनाउन विभाग प्रतिबद्ध रहेको जनाइन् ।
_KLHQJ3SDSz.png)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली
-
स्कुल नटेकेकी तर समाजलाई पाठ पढाएकी स्रष्टा दुर्गादेवी
-
१०० बुँदे शासकीय सुधार कार्यान्वयनमा सरकार असफल, संसदमा सशक्त रूपमा उठाउने कांग्रेसको निर्णय
-
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको निम्तो
-
सरकारको सय दिन (LIVE)
-
कृषि, वन तथा पर्यावरण मन्त्रालयको १०० दिन : मल आपूर्तिदेखि जलवायु वित्त परिचालनमा सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण