प्रधानमन्त्रीको तनाव : बैठकको चटारो र अनिद्राको गुनासो
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका कारण आफू दबाबमा परेको बताइन्।
- उनले कामको चाप र जेनजी समूहको व्यवहारका कारण आराम गर्न नपाएको गुनासो गरिन्।
- प्रधानमन्त्रीले चुनावको वातावरण बनाउन अन्य दलहरूलाई आग्रह गरिन् र छलफलको इच्छा व्यक्त गरिन्।
काठमाडौँ । जेनजी आन्दोलनपछि सत्तामा आएकी प्रधानमन्त्री सुशीला कार्की मङ्गलबार निकै दबाबमा रहेको आफूले पाएको बालुवाटार बैठकमा सहभागी भएका एक नेताले बताएका छन् ।
ती नेताका अनुसार बैठकका कार्कीले विशेष गरी जेनजी समूहका कारण आफू “हैरान” भएको र कामको चापले सुत्नसमेत नपाएको गुनासो गरेकी छन् । राति २ बजे होस् वा बिहान १०–१२ बजेसम्म, निरन्तर बैठकका कारण आराम गर्ने समयसमेत नपाएको उनले बैठकमा बताएकी थिइन् ।
“जेनजी” युवाहरूको समूहमा सिधै प्रधानमन्त्रीसँग मात्र कुरा गर्ने र अन्य नेताहरूलाई बेवास्ता गर्ने प्रवृत्तिका कारण उनी दबाबमा रहेको आफूले पाएको उनको भनाइ छ। नाम नखुलाउन आग्रह गर्दै उनले भने, “जेनजीका मान्छेहरू सिधै प्रधानमन्त्रीसँग मात्र कुरा गर्ने भन्छन् । यसले निकै चाप परेको कुरा प्रधानमन्त्रीले राख्नुभयो ”
सो क्रममा प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा चुनाव सम्पन्न गराउने प्रतिबद्धता दोहोर्याउँदै अन्य दलहरूले वातावरण नबनाइदिएको गुनासो गरेको समेत उनको भनाइ थियो । उनले दलका नेताहरूसँगको छलफलमा भनिन्, “तपाईँहरूले चुनावको वातावरण बनाइदिनु भएन भने म कसरी चुनाव गराउन सक्छु र?”
प्रधानमन्त्रीले जेनजीका प्रतिनिधि र अन्य दलका नेताहरूलाई एउटै मञ्चमा राखी छलफल गर्न समेत आफूले चाहेको प्रधानमन्त्रीले बताएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण