बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

४०० वटा प्लास्टिक सर्जरी गर्न महिलाले ३ करोड रुपैयाँभन्दा बढी खर्च गरेपछि....

बुधबार, ०५ कात्तिक २०८२, ०७ : ४२
बुधबार, ०५ कात्तिक २०८२

सारांश

  • दक्षिण कोरियाकी एक महिलाले विगत १५ वर्षमा आफूलाई सुन्दर देखाउन ४०० प्लास्टिक सर्जरी गराइन्, र ३० करोड वन खर्च गरिन्।
  • कलेज अध्ययनको समयमा तौल बढेपछि र पूर्व प्रेमिकाको आलोचनापछि उनले प्लास्टिक सर्जरी सुरु गरिन्।
  • उनले निधारको बोसो ग्राफ्टिङ, कानको आकार परिवर्तन, र ओठ फिलर सहित सयौं सर्जरी गराइन् र थप सर्जरीको योजनामा छिन्।

सोल । आफूलाई सुन्दर देखाउन प्लाष्टिक सर्जरी गर्ने चलन नौलो होइन । तर दक्षिण कोरियाकी एक महिलाले पछिल्लो १५ वर्षमा झन्डै ४०० प्लाटिक सर्जरी गरेकी छिन् । यसका लागि उनले ३० करोड वन (२ करोड ९७ लाख नेपाली रुपैयाँभन्दा धेरै) खर्च गरेको खुलासा भएपछि ती महिला भाइरल भएकी छिन् ।

टिभीएन स्टोरीको चर्चित मनोरञ्जनात्मक कार्यक्रम ‘इट्स ओके टु बी अ मार्सियन’ बोल्ने क्रममा गिल ली–वन नाम गरेकी ती महिलाले आफूले पहिलो पटक २०१० मा प्लास्टिक सर्जरी गराएकी बताइन् । कलेज परीक्षाको लागि अध्ययन गरिरहँदा उनको तौल बढ्न थाल्यो र मानिसहरूले उनको मोटो शरीरको मजाक उडाउन थाले । पछि, उनको एक पूर्व प्रेमिकाले उनको लुकको आलोचना गर्न थाले । यस घटनापछि सुन्दर देखिन आफू  प्लास्टिक सर्जरी गर्न बाध्य भएको ती महिलाले बताइन् ।पहिलो पटक गिगले केको प्लाष्टिक सर्जरी गरेको थिए भनेर खुलासा गरिनन् । तर त्यसपछि उनले एक पछि अर्को गर्दै सयौं सर्जरी गराइन् । यस क्रममा उनले ठूलो रकम खर्च गरेकी छिन् । तर तत्कालै यो काम बन्द गर्ने उनको कुनै योजना छैन ।

२७ देखि ३० वर्षको उमेरसम्म डेट गरको प्रेमीले बारम्बार आफ्नो शरीरलाई लिएर गरेको आलोचनाले आत्मसम्मान चौपटै पारेपछि गिलको आफूलाई पूर्ण रूपमा परिवर्तन गर्ने सोचिन् । विगत १५ वर्षमा यति धेरै प्लास्टिक सर्जरी गराएकोमा उनलाई कुनै पछुतो भने छैन । ‘अब त झन् म मेरो रुपप्रति विश्वस्त भएको छुँ,’ उनले भनिन् । यतिका वर्षसम्म उनले निधारको बोसो ग्राफ्टिंग, कानको आकार परिवर्तन, डबल आइलिड सर्जरी, आई करेक्सन, नाक, फिल्ट्रम रिसेसिभ सर्जरी, च्यापु र अनुहारको कन्टोरिङ, डिम्पल सर्जरी, डिम्पल हटाउने, ओठ फिलर, काँध फिलर, लेभेटर स्क्यापुला बोटोक्स, घाँटीको चाउरीपन हटाउने, कलरबोन फिलर, नितम्बको एक्यूपंक्चर, पूर्णलगायत सयौं सर्जरी गराइसकेकी छिन् ।

आफूले गरेको प्लाष्टिक र छालाको सबै सर्जरी मिसाउने भने झन्डै ४०० पुग्ने उनले बताइन् । समय बित्दै जाँदा सर्जरीको संख्या बढेको उनको भनाइ  । यति धेरै सर्जरी गरिसक्दा पनि उनको रहर पूरा भइसकेको छैन । उनलाई अब आफ्नो तीघ्राको प्लाष्टिक सर्जरी गराउन मन छ । हालै आफू गएका लिपोसक्सन क्लिनिकका डाक्टरले यस्तो सल्लाह दिएपछि उनले यसबारे सोचिरहेकी छिन् । ती डाक्टरले गिललाई धेरै लोभी नहुन र आफ्नो अहिलेको शारीरिक बनावटमा ध्यान दिन भनेका थिए । आफूलाई ‘फ्रेस’ देखाउन गिलले लगभग दैनिक जसो छाला विशेषज्ञ र ओरिएन्टल क्लिनिकहरू गइरहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप