विरोधपछि ला लिगाद्वारा मियामीमा हुने भिल्लारियल र बार्सिलोनाको खेल रद्द
सारांश
- ला लिगाले मियामीमा बार्सिलोना र भिल्लारियलबीचको खेल गर्ने योजना रद्द गर्यो।
- स्पेनिस फुटबल संघको निर्णयपछि खेलाडी र समर्थकले विरोध जनाएका थिए।
- खेल आयोजनाका लागि पर्याप्त समय नभएको र स्पेनमा अनिश्चितताका कारण खेल रद्द भयो।
म्याड्रिड । ला लिगाले मियामीमा डिसेम्बर २० मा गर्ने भनिएको भिल्लारियल र बार्सिलोनाबिचको नियमित सिजनको खेलको योजना रद्द गरेको छ। स्पेनिस फुटबल महासंघ (आरएफईएफ) ले अगस्टमा यो खेललाई हार्ड रक स्टेडियममा सार्ने निर्णय गरेपछि स्पेनमा यसको व्यापक विरोध भएको थियो।
पहिलो पटक स्पेन बाहिर शीर्ष-लिग खेल आयोजना गर्ने योजनाको विरुद्धमा खेलाडीहरूले सप्ताहन्तमा ला लिगाका खेलहरूमा पहिलो १५ सेकेन्डसम्म खेल्न अस्वीकार गरेका थिए। खेलका प्रवर्द्धक रेलेभेन्टले कार्यक्रम आयोजना गर्न 'पर्याप्त समय' नभएको कारण रद्द गरेको बताएको छ, जबकि ला लिगाले 'स्पेनमा अनिश्चितता' लाई पनि कारण देखाएको छ। अब यो खेल पूर्व निर्धारित तालिका अनुसार भिल्लारियलको एस्टाडियो डे ला सेरामिकामा हुनेछ।
मियामीको खेल रद्द गर्ने निर्णय भिल्लारियलले घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग २-० ले पराजित भइरहेको बेला घोषणा गरियो। यसपछि भिल्लारियलका प्रशिक्षक मार्सेलिनोले आफ्नो टोली खेलिरहेको बेला यो निर्णय सुनाउनुले ‘पूर्ण अनादर’ देखाएको बताए।
ला लिगाले यो स्थगिनप्रति ‘गहिरो दुःख’ व्यक्त गर्दै यसलाई ‘सम्पूर्ण फुटबल इकोसिस्टमको अन्तर्राष्ट्रिय प्रोफाइल’ का लागि धक्का लागेको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण