राष्ट्रपति पौडेलद्वारा गाई पूजा
बुधबार, ०५ कात्तिक २०८२, ०९ : ५१
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिलाका साथ गाई पूजा गरे।
- गाईतिहारको अवसरमा राष्ट्रपतिले विधिपूर्वक गाईको पूजा गरे।
- हिन्दू संस्कृतिमा गाईलाई लक्ष्मीको प्रतीकको रूपमा पूजा गरिन्छ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रथम महिला सविता पौडेलका साथ गाई पूजा गरेका छन्। कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ।

राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरेका हुन् । उनले गाईको पूजा गरी खानेकुरा खुवाएका थिए।

हिन्दू संस्कृतिमा गाईलाई लक्ष्मीको रूपमा पूजा गर्ने र धन, समृद्धि तथा सौभाग्यको प्रतीक मानिन्छ। तिहारको अवसरमा हरेक घरमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने परम्परा रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण