देउसी भैलो खेली मनाइँदै तिहार (तस्बिरहरू)
सारांश
- हिन्दुहरूको दोस्रो महान चाड तिहार सुरु भयो, जहाँ देउसी भैलो र जनावरको पूजा गरिन्छ।
- मगर भेजा समाज नेपालले देउसी भैलो कार्यक्रम आयोजना गर्दै आएको छ, जसमा झौरे नाच र मारुनी प्रस्तुत गरिन्छ।
- देउसी भैलो खेल्नुको कारणबारे पौराणिक कथनहरू छन्, जसमा बलि राजाको कथा जोडिएको छ।
काठमाडौँ । हिन्दुहरूको दोस्रो महान चाड तिहार सुरु भइसकेको छ । तिहारको विशेष पक्ष भनेको देउसी भैलो र यमपञ्चक पनि भनिने तिहारको पाँच दिन विभिन्न जनावरलाई पुज्ने समेत गरिन्छ। अहिले काठमाडौँ उपत्यका लगायत देशदेखि विदेशसम्म देउसी भैलो गुन्जिन थालिसकेको छ ।

यही अवसरमा हरेक वर्ष मगर भेजा समाज नेपालले पनि विभिन्न कार्यक्रम गरी देउसी भैलो कार्यक्रम आयोजना गर्दै आएको छ । परम्परागत देउसी भैलोसँगै झौरे नाच, मारुनी लगायतको नाच गान प्रस्तुत गरी देउसी भैलो खेल्दै आएको समाजका अध्यक्ष खिमबहादुर थापा मगरले जानकारी दिए ।

गाउँघरमा जस्तो नभए पनि तिहारमा विभिन्न आफन्त र व्यक्तिहरूको घरघरमा गएर देउसी खेल्दै आएको र पछिल्लो समय आफ्नो परम्परा, संस्कृति लोप हुँदै गएकोमा नयाँ पुस्तालाई पनि देउसी भैलो लगायतका हाम्रो संस्कृति बारेमा जानकारी दिने उद्देश्यले पनि हरेक वर्ष मगर भेजा समाजले यस्तो कार्यक्रम आयोजना गरेको मगरले बताए।

तिहारमा देउसी भैलो खेलिनुको कारण
देउसी भैलो किन खेलिने गरिन्छ भन्ने प्रसंगमा विभिन्न पौराणिक कथनहरू रहेको छ । विशेष गरी यसमा बलि राजाको कथन जोडिएर आउने गर्दछ । पौराणिक कथनअनुसार दानवराज बलिले वामन अवताररूपी विष्णुले मागेको तीन पाइला जमिन मध्ये दुई पाइलामा सम्पूर्ण भू–भाग ढाकिएकोले तेस्रो पाइलामा आफ्नै शिर दिएका थिए ।

त्यसबेला विष्णुले ‘देऊ शिर’ भनी मागेकाले अपभ्रंश भई अहिले देउसीको गाथा चलेको हो । आफ्नो सर्वस्वहरण भई पाताल पुगेका बलिलाई विष्णुले वर्षको तीन दिन पृथ्वीमा तिम्रो आधिपत्य रहनेछ भन्ने वरदान दिएको सम्झना गर्दै मानिसहरूले देउसी भैलो खेल्ने परम्परा चलाए भने गरिन्छ ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण