बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आतिशबाजीको इतिहास र रोचक तथ्यहरू

कहाँ पड्काइएको थियो सबैभन्दा पहिलो पटाका ?

पटाकाको रङ कसरी बन्छ, सबैभन्दा धेरै कसले किन्छ?
बिहीबार, ०६ कात्तिक २०८२, ०८ : ००
बिहीबार, ०६ कात्तिक २०८२

सारांश

  • आतिशबाजीको प्रयोग विभिन्न उत्सवहरूमा खुशी मनाउन गरिन्छ, जुन विश्वभर प्रचलित छ।
  • चीनमा बारुदको आविष्कारसँगै आतिशबाजीको सुरुवात भयो, र पछि यो युरोपसम्म फैलियो।
  • विभिन्न धातु यौगिकहरू प्रयोग गरेर पटाकामा रंग थपिन्छ, जसमा वाल्ट डिज्नी सबैभन्दा ठूलो ग्राहक हो।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । विभिन्न विशेष अवसरहरूमा खुसी र उत्सव मनाउनका लागि आतिशबाजी (पटाका) को प्रयोग गरिन्छ। नेपालमा तिहारको बेला देशका धेरै भागहरूमा राति आकाश पटाकाको उज्यालोले झिलिमिली हुन्छ। तर आतिशबाजीको यो परम्परा नेपालमा मात्र सीमित छैन, विश्वभरका धेरै देशहरूले पटाकाका साथ उत्सव मनाउँछन्।

अमेरिकामा जुलाई ४ मा स्वतन्त्रता दिवसको अवसरमा, क्यानडामा जुलाई १ मा क्यानडा डे को अवसरमा, र फ्रान्समा जुलाई १४ मा ब्यास्टील डे परेडपछि आतिशबाजी गरिन्छ। चीन र एसियाका धेरै देशहरूमा चन्द्र पात्रोको नयाँ वर्ष (लूनर न्यू ईयर) मा विशेष कार्यक्रमहरू आयोजना गरिन्छ र लाखौँ पटाकाहरू पड्काइन्छन्। मेक्सिकोमा क्रिसमस पनि पटाकासहित मनाइन्छ।

तर यी रङ्गिन पटाकाहरूको कथा यहाँबाट सुरु हुँदैन। यिनीहरूको जरा चीनमा छन्, जहाँ बारुद (गनपाउडर) को आविष्कारसँगै आतिशबाजीको जन्म भएको थियो। इतिहासका जानकार डाक्टर टोनियो एन्ड्राडेले आफ्नो पुस्तक ‘द गनपाउडर एज’ मा लेखेका छन् कि बारुदको आविष्कार चीनमा भयो र चाँडै नै उनीहरूले यसलाई सेनाका लागि हतियारको रूपमा प्रयोग गर्न थाले। पछि यात्रा र व्यापारको माध्यमबाट बारुद भारत, युरोप लगायत विश्वका अन्य देशहरूमा पुग्यो र यसको प्रयोग विशेष अवसर तथा चाडपर्वहरूमा हुन थाल्यो।

_127282765_gettyimages-1236327315

  • पटाकाको सुरुवात कहाँबाट भयो ?

ईसापूर्व दोस्रो शताब्दीमा चीनमा मानिसहरू बाँसका टुक्राहरूलाई आगोमा हाल्ने गर्थे। जब बाँसभित्रको हावा तातेर फैलिन्थ्यो, तब त्यो ठुलो आवाजका साथ फुट्थ्यो। मानिसहरू विश्वास गर्थे कि यो ठुलो आवाजले दुष्ट आत्माहरूलाई भगाउँछ।

यसको केही सय वर्षपछि चीनका रसायनशास्त्रीहरूले गल्तीले बारुदको खोज गरे। जब यो बारूदलाई बाँस वा कागजको नलीमा भरियो, तब पहिलो पटक यसबाट विस्फोट र उज्यालो देखियो। यसरी नै संसारमा आतिशबाजीको सुरुवात भएको मानिन्छ।

chinese-alchemy-what-is-chinese-alchemy

बिस्तारै यो कला चीनबाट युरोपसम्म फैलियो। समयक्रममा नयाँ प्रविधिहरू जोडिँदै गए र पटाकाहरू थप रङ्गिन, अग्लो उचाइसम्म पुग्न सक्ने र ठुलो आवाजका बन्दै गए। आज पटाकाहरू मनोरञ्जनको साधन मात्र नभई चाडपर्व, विवाह र समारोहहरूको एक अभिन्न अंग बनेका छन्। हाल, मनोरञ्जनका साथै सुरक्षालाई ध्यानमा राख्दै, वातावरण र स्वास्थ्यका लागि सुरक्षित ‘ग्रीन पटाका’ को विकास पनि गरिँदै छ।

  • पटाकाको रङ कसरी बन्छ?

जब हामी पटाका पड्काउँछौँ, तब आकाशमा विभिन्न रङ देखिन्छ, जसले दृश्यलाई सुन्दर बनाउँछ। यी रङहरू कसरी बन्छन् त ? 

पटाकाभित्र केही विशेष रसायनहरू हुन्छन्। जब पटाका जल्छ, यी रसायनहरू तातेर फरक-फरक रङको उज्यालो उत्सर्जन गर्छन्।

सुरुवाती दिनमा पटाकाहरूमा कुनै रङ हुँदैनथ्यो। बारुद जल्दा सुन्तला रङको उज्यालो मात्र निस्कन्थ्यो। तर १९औँ शताब्दीमा युरोपेली वैज्ञानिकहरूले पत्ता लगाए कि यदि फरक-फरक धातुमा आधारित यौगिकहरू पटाकामा मिसाएमा रङ्गिन उज्यालो उत्पादन गर्न सकिन्छ।

fireworks-on-the-hudson-river-111711313-5256a4932c7d456c80f6d9b50953a17f

उदाहरणका लागि, स्ट्रोंसियमले रातो रङ, बेरियमले हरियो रङ, र टाइटेनियम, जिरकोनियम तथा म्याग्नेसियमको मिश्रणले सेतो उज्यालो बनाउँछ। निलो रङलाई सबैभन्दा गाह्रो मानिन्छ। निलो रङ तामा (कपर) बाट बन्छ, तर यदि तापक्रम धेरै बढ्यो भने रङ गायब हुन्छ र कम रह्यो भने रङ बन्दैन। यसैले आतिशबाजी विशेषज्ञहरूका लागि ‘उत्तम निलो’ रङ आज पनि एउटा चुनौती बनेको छ।

  • सबैभन्दा धेरै पटाका कसले किन्छ ?

विश्वमा आतिशबाजीको सबैभन्दा ठुलो ग्राहकको रूपमा वाल्ट डिज्नी कम्पनीलाई लिइन्छ। डिज्नीले आफ्ना विश्वभरका थिम पार्कहरूमा हरेक रात हुने आतिशबाजी प्रदर्शनलाई निरन्तरता दिनका लागि हरेक वर्ष करिब ५ करोड डलर खर्च गर्ने गरेको बताइन्छ।

happily-ever-after-blue-16x9

गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार, अहिलेसम्मको सबैभन्दा ठुलो आतिशबाजी प्रदर्शन सन् २०१६ मा नयाँ वर्षको स्वागतका लागि फिलिपिन्सको चर्च अफ क्राइस्टमा भएको थियो। उक्त प्रदर्शनमा एक घण्टाभन्दा केही बढी समयमा कूल ८ लाख १० हजार ९०४ पटाकाहरू पड्काइएका थिए। रोचक कुरा के छ भने, प्रदर्शनभरि लगातार पानी परिरहे पनि आतिशबाजी रोकिएन, बरु झनै शानदार देखियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप