आँखा नदेखे पनि संस्कृति देख्ने दृष्टिविहीनको देउसीभैलो
जनकपुर । तिहारको उल्लाससँगै मधेसका दृष्टिविहीन समुदायले संस्कृति र आत्मनिर्भरताको सन्देश फैलाउँदै देउसीभैलो खेलिरहेका छन् ।
सर्लाही, रौतहट, बारा र महोत्तरीका दृष्टिविहीनहरूको संयुक्त टोलीले तीन दिनदेखि विभिन्न ठाउँमा देउसीभैलो खेल्दै सांस्कृतिक जगेर्ना र शिक्षामा पहुँच अभिवृद्धिको अभियान चलाइरहेका छन् ।
नेपाल नेत्रहीन सङ्घ मधेस प्रदेशको आयोजनामा सुरु गरिएको यो अभियानको नेतृत्व सङ्घका प्रदेश अध्यक्ष लक्ष्मेश्वर महतो कुशवाहाले गरेका छन्
। उनका अनुसार देउसीभैलोको मुख्य उद्देश्य दृष्टिविहीन समुदायबिच सांस्कृतिक पहिचान सुदृढ गर्नुका साथै शिक्षाको पहुँच, अध्ययन सामग्री उत्पादन, छात्रवृत्ति कोष स्थापना र क्षमता विकासमा सहयोग जुटाउनु हो ।
आज दिउँसो टोलीले सर्लाहीको लालबन्दी बजारमा देउसीभैलो खेलेको छ । यसअघि समूहले सिन्धुलीको दुधौली, महोत्तरीको गौरीडाँडा, बर्दिबास, गौशाललगायत स्थानमा देउसीभैलो खेलिसकेको कोषाध्यक्ष अञ्जु धितालले जानकारी दिइन् ।
उनका अनुसार देउसीभैलो टोलीमा सर्लाही, महोत्तरी, रौतहट र बाराका विभिन्न विद्यालयमा अध्यापन गराउने दृष्टिविहीन शिक्षक तथा सांस्कृतिक टोलीका सदस्यहरू सहभागी छन् ।
देउसी भट्याउने, गीत गाउने र नाच प्रस्तुत गर्ने क्रममा स्थानीय बासिन्दा, व्यवसायी र यात्रुहरूले आर्थिक सहयोग प्रदान गरिरहेका छन् ।
नेपाल नेत्रहीन सङ्घका साधारण सदस्य शिवेन्द्र यादवका अनुसार तिहार हाम्रो संस्कृति मात्र होइन, आत्मसम्मान र एकताको पर्व हो। हाम्रा गीतले समाजमा समावेशी चेतना फैलाउने उद्देश्य राखेको छ ।
सङ्घले प्रत्येक वर्ष यसरी देउसीभैलो कार्यक्रममार्फत दृष्टिविहीनको क्षमता प्रदर्शन, सामाजिक सहभागिता र सांस्कृतिक परम्पराको संरक्षण गर्दै आएको छ ।
यस वर्ष पनि देउसीभैलोको स्वरले मधेसका बजारहरूमा उत्सवमय वातावरण सिर्जना गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण