जनकपुरधामसहित मिथिला क्षेत्रमा हर्षोल्लासका साथ चित्रगुप्त पूजनोत्सव सम्पन्न
जनकपुरधाम । मिथिलाको प्राचीन राजधानी जनकपुरधाम सहित नेपाल–भारतको मिथिला क्षेत्रमा चित्रगुप्त पूजनोत्सव हर्षोल्लासपूर्वक मनाइँदै छ।
हिन्दु धर्म अनुसार भगवान् चित्रगुप्तलाई धर्मराज यमका सचिवको रूपमा पूजा गरिन्छ, जसले सबै व्यक्तिको कर्मको लेखाजोखा राख्ने विश्वास गरिएको छ।
यो पर्व विशेष रूपमा कायस्थ समुदायद्वारा अत्यन्त धूमधामका साथ मनाइन्छ। घरघरमा चित्रगुप्तको चित्र वा मूर्तिको स्थापना गरी कलम, दवात, कागज र लेखन सामग्रीको पूजा गरिन्छ।
यस दिनलाई “लेखन पूजा” वा “कायस्थ दीपावली” पनि भनिन्छ। जनकपुर, सर्लाही, सिराहा, धनुषा, मोतिहारी, दरभंगा आदि क्षेत्रमा बिहानदेखि भक्तजनहरूले मन्दिर र घरमा पूजा गरेर परिवारको सुख, समृद्धि र ज्ञानवृद्धिको प्रार्थना गर्दै छन्।
कतिपय स्थानमा सामूहिक पूजा, कथा वाचन र सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ। पण्डित रमाकान्त झाका भनाइ अनुसार, चित्रगुप्त पूजनले व्यक्ति र परिवारमा कर्मप्रति लगनशीलता, धर्म प्रेम र सत्यनिष्ठा बढाउँछ। लेख पढाइ र शिक्षासँग सम्बन्धित व्यक्तिहरूका लागि यो पर्वको विशेष महत्त्व रहेको छ।
भक्तजनहरू आजको दिन धार्मिक उत्साहका साथ “जय चित्रगुप्त भगवान्”को जयघोष गर्दै पर्व मनाइरहेका छन्।
यस अवसरमा आज जनकपुरधामको चित्रगुप्त सेवा समितिले देवी चोकमा भगवान् चित्रगुप्तको भव्य प्रतिमा स्थापना गरी पूजापाठसँगै कविगोष्ठी तथा विभिन्न पुरस्कार र छात्रवृत्ति वितरण कार्यक्रमको आयोजना गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण