तिहारको अवसरमा ‘वरिष्ठ बलराम’ प्रदर्शन, दर्शकलाई भेट्न कलाकारहरू हलहलमा
सारांश
- चलचित्र 'वरिष्ठ बलराम' आजबाट देशभरका सिनेमा हलहरूमा रिलिज भएको छ।
- दयाहाङ राई र विजय बराल स्टारर चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ।
- चलचित्रले प्राकृतिक स्रोतको दोहनको कथालाई उठाएको छ, जसलाई दर्शकले मन पराएका छन्।
काठमाडौँ । तिहारको भाइटीकाको अवसर पारेर चलचित्र ‘वरिष्ठ बलराम’ आजबाट देशभरका सिनेमा हलहरूमा रिलिज भएको छ। दयाहाङ राई र विजय बराल स्टारर यो चलचित्र हेर्न बिहानैदेखि उल्लेख्य सङ्ख्यामा दर्शकहरू हलमा देखिएका छन्।
पहिलो शोदेखि नै 'वरिष्ठ बलराम' ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ। दर्शकहरूले चलचित्रले मनोरञ्जनका साथै सामाजिक सन्देश पनि दिएको बताएका छन्। विशेषगरी, चलचित्रले उठाएको प्राकृतिक स्रोतको दोहनको कथालाई दर्शकहरूले माटो सुहाउँदो स्टोरी भन्दै मन पराएका छन्।
दर्शकहरूबाट पोजेटिभ रिभ्यु पाएपछि निर्माण पक्ष चलचित्र राम्रोसँग चल्नेमा ढुक्क देखिएको छ। अभिनेता विजय बराल लगायतका कलाकारहरू आज बिहानैदेखि दर्शकलाई भेट्न हलहलमा पुगिरहेका छन्।
सुरेन्द्र पौडेलले निर्देशन गरेको यो चलचित्रमा दयाहाङ राई र विजय बरालका साथै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ। वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण