शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

करिब १० महिनापछि टी-२० टोलीमा बाबरको पुनरागमन

शुक्रबार, ०७ कात्तिक २०८२, ०७ : ३६
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • बाबर आजम र नसीम शाह करिब १०-११ महिनापछि पाकिस्तानको टी-२० टोलीमा फर्किएका छन्।
  • पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको घरेलु टी-२० शृङ्खला र त्रिकोणीय शृङ्खलाको लागि टोली घोषणा गरेको छ।
  • फखर जमान र सुफियान मुकीम टोलीबाट बाहिरिँदा उस्मान खान टोलीमा फर्किएका छन्, र उस्मान तारिक नयाँ अनुहार हुन्।

इस्लामाबाद । पाकिस्तानका पूर्व कप्तान बाबर आजम करिब १० महिनापछि र तीव्र गतिका बलर नसीम शाह ११ महिनापछि पाकिस्तानको टी-२० अन्तर्राष्ट्रिय टोलीमा फर्किएका छन्।

बाबरले आफ्नो अन्तिम टी-२० खेल डिसेम्बर १३, २०२४ मा दक्षिण अफ्रिकाविरुद्ध खेलेका थिए भने नसीम शाहले नोभेम्बर १६, २०२४ मा अष्ट्रेलियाविरुद्ध खेलेका थिए।

पाकिस्तान क्रिकेट बोर्डले दक्षिण अफ्रिकाविरुद्धको घरेलु टी-२० शृङ्खला र आगामी त्रिकोणीय शृङ्खलाका लागि टोलीको घोषणा गरेको छ। घोषित तालिकाअनुसार, पाकिस्तान र दक्षिण अफ्रिकाबिचको टी-२० शृङ्खला अक्टोबर २८ देखि नोभेम्बर १ सम्म रावलपिण्डी र लाहोरमा हुनेछ। त्यसपछि नोभेम्बर ४ देखि ८ सम्म तीन खेलको एकदिवसीय शृङ्खला फैसालाबादमा हुनेछ। नोभेम्बर १७ देखि २९ सम्म हुने त्रिकोणीय टी-२० शृङ्खलामा श्रीलंका र जिम्बाब्वे पनि सहभागी हुनेछन्।

अनुभवी ओपनर फखर जमान र स्पिनर सुफियान मुकीमलाई भने टोलीबाट बाहिर राखिएको छ। विकेटकिपर ब्याट्सम्यान उस्मान खान टोलीमा फर्किएका छन् भने मुहम्मद ह्यारिस बाहिरिएका छन्। टी-२० टोलीमा मिस्ट्री स्पिनर उस्मान तारिक एकमात्र नयाँ अनुहार हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप