शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

इजरायललाई वेस्ट बैंकमा केही गर्न नदिने ट्रम्पको भनाइ

शुक्रबार, ०७ कात्तिक २०८२, १० : ३१
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पले वेस्ट बैंकबारे चिन्ता नगर्न आग्रह गरे, इजरायललाई कुनै कारबाही गर्न नदिने बताए।
  • इजरायली संसदले वेस्ट बैंकका केही भागमा इजरायली कानुन लागू गर्ने विधेयकलाई स्वीकृति दिएपछि ट्रम्पको भनाइ आएको हो।
  • अमेरिकी विदेशमन्त्री रुबियोले यस्तो कदमले गाजा युद्ध अन्त्य गर्ने ट्रम्पको शान्ति योजनालाई असर गर्ने चेतावनी दिए।

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वेस्ट बैंकबारे चिन्ता नलिनाका लागि आग्रह गरेका छन्। उनले आफूले इजरायललाई वेस्ट बैंकमा कुनै कारबाही गर्न नदिने बिहीबार स्पष्ट पारेका हुन्।

इजरायली संसद्‍ले वेस्ट बैंकका केही भागहरूमा इजरायली कानुन लागू गर्ने विधेयकलाई प्रारम्भिक स्वीकृति दिएपछि ट्रम्पको यो भनाइ आएको हो। उक्त कदमलाई वेस्ट बैंक विलय गर्ने पहिलो चरणका रूपमा हेरिएको थियो।

अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले ट्रम्पको अडानलाई समर्थन गर्दै राष्ट्रपति ट्रम्प वेस्ट बैंकलाई विलय गर्ने कदमको कडा विरोधी रहेको र यस्तो कार्य मूर्खतापूर्ण राजनीतिक स्टन्ट हुने बताए। उनले ट्रम्पको नीति सधैँ स्पष्ट रहेको उल्लेख गरे।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यस्तो कदमले गाजा युद्ध अन्त्य गर्ने ट्रम्पको शान्ति योजनालाई गम्भीर असर पुर्‍याउन सक्ने चेतावनी दिएका छन्। उक्त शान्ति योजना हमास र इजरायलबिचको कमजोर युद्धविराममा आधारित छ। ट्रम्पले ह्वाइट हाउसमा पुनः दोहोर्‍याए, "वेस्ट बैंकको बारेमा चिन्ता नगर। इजरायलले वेस्ट बैंकलाई केही गर्ने छैन।"

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप