शंकर पोखरेलको स्ट्याटसमा गृहमन्त्रीको कमेन्ट - ‘तथ्यहीन कुरा नगर्नुस्’
सारांश
- एमाले महासचिव शंकर पोखरेल र गृहमन्त्री ओम प्रकाश अर्यालबीच फेसबुकमा भनाभन भएको छ।
- पोखरेलले गृहमन्त्रीले जेनजी आन्दोलनका दोषीलाई कारबाही गर्न रोकेको आरोप लगाएका थिए।
- गृहमन्त्री अर्यालले पोखरेललाई तथ्यहीन कुरा नगर्न र जिम्मेवार बन्न सचेत गराएका छन्।
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र गृहमन्त्री ओम प्रकाश अर्यालबिच सामाजिक सञ्जाल फेसबुकमा चर्काचर्की परेको छ ।
महासचिव पोखरेलले जेनजी आन्दोलनको घटना दोषीमाथि कारबाही गर्न प्रहरीलाई गृहमन्त्रीले रोकेको आरोप लगाएपछि गृहमन्त्री अर्यालले तथ्यहीन कुरा नगर्न र जिम्मेवार बन्न पोखरेललाई सचेत गराएका छन् ।
महासचिव पोखरेलले आफ्नो फेसबुक स्ट्याटसमा ‘२३ र २४ गतेका हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्यीकरण गर्ने प्रयास गलत हो’ भन्दै दोषी जोसुकै भए पनि कानुन अनुसार कारबाही हुनुपर्नेमा जोड दिएका थिए । उनले थप लेखेका थिए, ’विध्वंस र लुटपाटमा संलग्नलाई नेपाल प्रहरीले कारबाही गर्न खोज्दा गृहमन्त्रीलाई प्रयोग गरेर रोक्न लगाउने बालेनजीले राजनीतिक दलहरूलाई दोषारोपण गरेर पानीमाथिको ओभानो’ बन्न खोज्नु हास्यास्पद छ।’ पोखरेलले नेपाल प्रहरीलाई स्वतन्त्र ढङ्गले अनुसन्धान र अभियोजन गर्न दिनुपर्ने बताउँदै नेकपा (एमाले)को पूर्ण सहयोग रहने बताएका थिए ।

पोखरेलको यस आरोपको जवाफमा गृहमन्त्री अर्यालले पोखरेलको सोही फेसबुक पोस्टमा प्रतिक्रिया दिँदै कडा शब्दमा खण्डन गरेका छन् । उनले लेखेका छन्, ‘प्रिय शंकरजी, मेरो कर्तव्य पालनाको विषयमा तपाई यसरी तथ्यहीन कुरा नगर्नुस् है । मैले सत्यतथ्य कुरा सार्वजनिक रूपमा बताइसकेको छु, तपाईंलाई पनि भनिसकेको छु । अनि फेरि उही झुट किन दोहोर्याउनु हुन्छ ?’
गृहमन्त्री अर्यालले एमाले महासचिव जस्तो जिम्मेवार व्यक्तिले ’सत्यतथ्य बुझिबुझी फेरि पनि यति धेरै हावादारी नबन्न’ आग्रह गरेका छन्। उनले ’समाजमा हावादारी/गफाडी भँडुवाहरूको कमी छैन’ भन्दै पोखरेललाई त्यसमा नथपिन अनुरोध घुमाउरो पारामा चेतावनी दिए । गृहमन्त्री अर्यालले स्थिति सामान्यीकरण गर्न मद्दत गर्न आग्रह गर्दै सरकार मार्फत शान्ति सुरक्षा, राष्ट्रिय सुरक्षा, सुशासन, भ्रष्टाचार निवारण, कानुनी राज्य र निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण