शेख हसिनामाथि मानवताविरुद्धको अपराध मुद्दा : अदालतको फैसला नोभेम्बर १३ मा
सारांश
- बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिनामाथिको मुद्दामा नोभेम्बर १३ मा फैसला सुनाउने भएको छ।
- शेख हसिनामाथि उनको शासनकालमा यातना र बेपत्ता पार्ने आरोप लागेको छ, जसका कारण उनी देश छाड्न बाध्य भइन्।
- अदालतले हसिना र अन्य ३० जना विरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको थियो, जसमा पूर्वगृहमन्त्री र सेनाका अधिकारीहरू पनि छन्।
ढाका । बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको कानूनी कार्यवाही पूरा गरी आगामी नोभेम्बर १३ मा फैसला सुनाउने भएको ढाका ट्रिब्युनले जनाएको छ ।
पूर्वप्रधानमन्त्री तथा अवामी लिग नेत्री शेख हसिनामाथि उनको शासनकालमा धेरै व्यक्तिलाई यातना दिएको र बलपूर्वक बेपत्ता पारेको आरोप लगाइएको छ । सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनपछि हसिनाको सत्ता पतन भएको थियो । त्यसपछि उनी देश छाडेर भाग्न बाध्य भएएकी थिइन् ।
हाल बङ्गलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ । राज्यद्वारा नियुक्त हसिनाका कानूनी सल्लाहकार मोहम्मद अमिर हुसेनका अनुसार सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनका क्रममा हसिनामाथि लगाइएका मानवता विरुद्धका अभियोगहरू राजनीतिक रूपमा प्रेरित छन् ।
उनले अदालतमा बहस गर्दै हसिनाले देश छोड्न नचाहेको तर परिस्थितिले बाध्य बनाएको बताएका थिए । ‘शेख हसिनाले स्वयं भनिरहनुभएको थियो- ‘म यो देश छोड्दिन, आवश्यक परे पनि म यहीँ मर्नेछु ।’ तर अन्ततः अवस्था यति गम्भीर भयो कि उहाँ हेलिकप्टरमार्फत बाहिरिनुपर्यो’, उनले ढाका ट्रिब्युनलाई उद्धृत गर्दै भनेका छन् ।
अमिर हुसेनले अदालतमा दाबी गर्दै भने- ‘मेरा अभियुक्तमाथि एउटा पुस्ता नष्ट गर्ने षड्यन्त्रको आरोप लगाइएको छ, तर यो हिटलरले यहुदीहरूमाथि गरेको नरसंहारजस्तो मानवता विरुद्धको अपराध होइन । यो मुद्दामा त्यस्तो उद्देश्य र प्रमाण दुवै छैन । न्यायाधीशहरूले निष्पक्ष रूपमा निर्णय गर्नुहुनेछ भन्ने मलाई विश्वास छ ।’
यसअघि अक्टोबर ८ मा आइसिटीले अवामी लिग शासनकालमा जबरजस्ती बेपत्ता पारिएका व्यक्तिहरूको मामिलामा शेख हसिनासहित ३० जना विरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको थियो । अदालतले उहाँहरूलाई अक्टोबर २२ भित्र पेश गर्न आदेश दिएको थियो । उक्त तीन सदस्यीय न्यायिक बेञ्चको नेतृत्व न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मजुमदारले गरेका थिए ।
गिरफ्तारी वारेन्टमा पूर्वगृहमन्त्री असदुज्जमान खान, हसिनाका रक्षा सल्लाहकार तथा सेवानिवृत्त मेजर जनरल तारिक अहमद सिद्दीकी र पूर्व प्रहरी प्रमुख बेन्जिर अहमद पनि समावेश रहेका छन् । बाँकी २७ जना प्रतिवादी मध्ये अधिकांश सेना अधिकारी रहेका छन् ।
दुई छुट्टाछुट्टै मुद्दामा हसिनासहित अन्य अभियुक्तमाथि विपक्षी कार्यकर्ताहरूलाई अपहरण गरी ¥यापिड एक्सन बटालियन (आरएबी) र बल गुप्तचर महानिदेशालय (डीजिएफआई) अन्तर्गतका गोप्य सोधपुछ केन्द्रहरूमा यातना दिएको आरोप लगाइएको छ ।
यी मुद्दाहरूमा मानवता विरुद्धका पाँचवटा आरोप समेत समावेश छन्, जसमा पाँचजना पूर्व डिजिएफआई महानिर्देशकको नाम पनि रहेको छ । गत अक्टोबर २२ मा आइसिटीले हसिनाको शासनकालमा जबरजस्ती बेपत्ता पारिएका घटनामा संलग्न १५ जना सेवारत सेना अधिकारीलाई कारागार पठाउने आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण