शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

काभा पुरुष भलिबलमा नेपालको पहिलो जित

शुक्रबार, ०७ कात्तिक २०८२, १८ : ५३
शुक्रबार, ०७ कात्तिक २०८२

काठमाडौँ । नेपाली पुरुष भलिबल टोलीले बङ्गलादेशमा भइरहेको काभा कपमा पहिलो जित निकालेको छ । 

शुक्रबार भएको खेलमा  नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराएको हो । ढाकास्थित इन्डोर हलमा नेपालले माल्दिभ्सलाई २५–२१, २५–२३, २५–१८ ले पराजित गरेको हो । 

नेपाली टोली यसअघि पहिलो खेलमा तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ३–२ को सेटमा पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप