जेनजी आन्दोलनमा भाइरल तस्बिरबारे दीपकराजले दिए प्रष्टीकरण
काठमाडौँ । कलाकार दीपकराज गिरीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आफूले तोडफोड र आगजनी नगरेको बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा आन्दोलनमा देखिएको आफ्नो तस्बिर राख्दै गिरीले यस्तो बताएका हुन् ।
'म कुनै समूहमा आबद्ध नभएको कलाकार । देशमा भएको तोडफोड र आगजनीमा मेरो सहभागिता छैन । यदि प्रमाणित हुन्छ भने हदैसम्मको कारबाहीको लागि तयार छु,' उनले भने ।'
आफूले निरन्तर तोडफोड नगर्न र राष्ट्रको सम्पत्ति जोगाउन आग्रह गरिरहेको समेत उनले बताए ।
जेनजी आन्दाेलनमा भाइरल तस्बिरबारे यस्ताे छ प्रष्टीकरण
सकेसम नबोलौ भन्ने नै थियो तर धेरैले यो फोटो पठाएर सोध्नु भो
दीपकजी ,के यो तपाइ नै हो?
अब जिम्मवार नागरिकको हिसाबले त बोल्नै पर्यो !
पहिलो कुरा त के सत्य हो भने ,नेपालका हरेक परिवर्तन सम्बन्धि आन्दोलन लाइ समर्थन गरे झै यस्लाइ पनि समर्थन गरेकै हो।
यदि त्यो अपराध हो भने अपराध त भयो नै....
अब मुख्य कुरामा जांउ , त्यो दिन गणेश कार्कि भाइले फोन गरेर सर्बपक्षिय सानो भेला छ बानेश्वरमा , कलाकारको रूपमा तपाइहरू पनि आउनुस भन्नु भो , त्यसपछि म घर बाट हिडे ,त्यतिबेला बाहिर सामान्य तोडफोड सुरू भैसकेको थियो , मेरो घर बाट बानेश्वर जाने बाटोमा पर्दो रहेछ त्यो घर ,कस्को घर हो त्यो पनि थाहा थिएन, त्यहां केहि रमिते केटाहरूले त्यो तोडफोड भैसकेको घर हेरिरहेका थिए , मलाइ हात हल्लाए फोटो पनि खिचि नै रहेकै थिए , भएको त त्यति नै थियो तर अहिले ,त्यो बाटोमा हिडिरहेको फोटो हालेर आफ्नै शैलीको राम्रो कथा बुनेछन् ......
दोस्रो फोटो .....त्यसपछि छलफलमा गइयो ब्यापक तोडफोड रआगजनी सुरू भो त्यसपछि हाम्ले तोडफोड नगरौ भन्ने एउटा भिडियो पनि बनायौ , त्यसपछि घर आंएर निरन्तर तोडफोड नगरौ , राष्ट्रको सम्पत्ति जोगाऔ भन्ने स्ट्याटस हालिरहे , त्यो स्ट्याटसहरू सांक्षिको रूपमा छंदैछन .......बास्तवमा त्यो आन्दोलन एउटा पाटो थियो र आगजनी र बिध्वंस अर्को पाटो , त्यो दोस्रो पाटोमा चाहि दलहरूकै मान्छे लगायत अनेकौ स्वार्थ समूह छिरेको त प्रमाणित नै भैसक्यो !
मेरो सवालमा चाहि , म कुनै समूहमा आबद्द नभएको कलाकार
देशमा भएको त्यो तोडफोड र आगजनीमा मेरो सहभागिता छैन!
यदि प्रमाणित हुन्छ भने हदै सम्मको कारबाहिको लागि तैयार छु !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण