हायात होटलको सेवा बन्द भएकोमा प्रधानमन्त्रीको चासो, सुरक्षा दिने सरकारको प्रतिबद्धता
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले हायात होटल बन्द भएको विषयमा चासो व्यक्त गरिन्।
- अर्थमन्त्री रामेश्वर खनालले होटल व्यवस्थापनलाई सेवा सुचारु गर्न आग्रह गर्दै सुरक्षाको प्रत्याभूति दिए।
- गत भदौ २४ गते भएको तोडफोड र सुरक्षा संवेदनशीलताका कारण होटलले सेवा बन्द गरेको हो।
काठमाडौं । हायात होटलले सेवा बन्द गरेर कर्मचारी प्रवेशमा निषेध गरेको भन्ने खबर आएपछि प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन्।
प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आज बिहान हायात रिजेन्सीको व्यवस्थापनसँग कुरा गरेका छन्। अर्थमन्त्री खनालले होटल व्यवस्थापनलाई नआत्तिन र उच्च मनोबलका साथ सेवा सुचारु गर्न आग्रह गरे।
सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति दिँदै विचलित नभई सेवा सुचारु गर्न आग्रह गरेको छ। खनालले भने, ‘तपाईंहरू आत्तिनु भएन। उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस्। हामी साथमा छौँ। सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ। कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता देनुहोस् ।’
प्रधानमन्त्रीको सचिवालयका अनुसार यसबारे आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गर्ने र आवश्यक पहल गर्ने बताइएको छ।
गत भदौ २४ गते ‘जेनजी आन्दोलन’का नाममा होटल परिसरमा तोडफोड र अराजक गतिविधि भएपछि व्यवस्थापनले होटलको सेवा बन्द गरेको हो। शुक्रबार जारी गरिएको सूचनामा आन्दोलनका क्रममा भएको क्षति र सुरक्षाजन्य संवेदनशीलताका कारण होटल तत्काल सञ्चालन गर्न नसकिने उल्लेख छ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सम्पूर्ण श्रमिकहरूलाई अर्को सूचना नआएसम्म होटल परिसरमा उपस्थित नहुन आग्रह गरिएको छ। होटलका मानव संशाधन निर्देशक मोहम्मद यूसुफ चौधरीद्वारा जारी सूचनामा भनिएको छ, ‘होटल मर्मत र पुनर्निर्माणको जोखिम तथा सुरक्षा संवेदनशीलता समेतलाई मध्यनजर गर्दै होटलबाट प्रवाह हुँदै आएको व्यावसायिक सेवा लगायत सम्पूर्ण होटल नै पूर्ण रुपमा बन्द रहेको हुनाले यस विषयमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल भई प्रतिष्ठानमा कार्यरत सम्पूर्ण श्रमिकहरूलाई अर्को सूचना प्रेषित नहुँदासम्म वा अन्य निर्णय नहुँदासम्म होटल परिसरमा उपस्थित नहुन अवगत गराइन्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण