संघीय सरकारले विकास बजेट रोक्दा काम गर्न समस्या : मुख्यमन्त्री आचार्य
सारांश
- मुख्यमन्त्री आचार्यले संघीय सरकारले विकास बजेट रोक्का गरेकोमा बजेट कार्यान्वयनमा समस्या आएको बताए।
- उनले जनतासँग प्रत्यक्ष जोडिएका योजनाहरूको बजेट रोक्का भएको र काम अघि बढ्न नसकेको बताए।
- मुख्यमन्त्री आचार्यले सरकारी कार्यालयमा धम्कीपूर्ण व्यवहार देखाउने गतिविधि बढेकोमा चिन्ता व्यक्त गरे।
सरकारी कार्यालयमा धम्कीपूर्ण व्यवहार देखाउने जस्ता अराजक गतिविधि बढेकोमा चिन्ता
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले विकास बजेट रोक्का गरिदिँदा चालु आर्थिक वर्षमा विनियोजन गरिएको बजेट कार्यान्वयनमा समस्या आएको बताएका छन्।
नेकपा एमाले अर्घाखाँची जिल्लाले शनिवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले जनतासँग प्रत्यक्ष जोडिएका सडक, शहरी विकास र खानेपानीलगायतका आयोजनाको बजेट संघीय सरकारले रोकेकाले काम अघि बढ्न नसकेको खुलाए। उनले भने, ‘संघीय सरकारले बजेट रोक्का गर्दा शहरी विकास, खानेपानी, सडकका कामहरू रोकिएका छन्।’
उनले अर्घाखाँचीमा प्रदेश सरकारको तर्फबाट धेरै काम भइरहेको उल्लेख गर्दै भावी दिनमा उपलब्ध साधन स्रोतको सदुपयोग गरी जनताको आकांक्षा पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताए।
यसैगरी, मुख्यमन्त्री आचार्यले केही व्यक्तिहरूले सरकारी कार्यालयमा गएर धम्कीपूर्ण व्यवहार देखाउने जस्ता अराजक गतिविधि गरिरहेकोमा चिन्ता व्यक्त गर्दै स्थानीय प्रशासनलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे।
एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालको अध्यक्षतामा भएको कार्यक्रममा अन्य राजनीतिक दलका नेताहरू र प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण