सर्पको टोकाइबाट बालकको मृत्यु
शनिबार, ०८ कात्तिक २०८२, १२ : २८
सारांश
- शिवसताक्षीमा सर्पको डसाइबाट एक बालकको मृत्यु भएको छ।
- घर नजिकै खेलिरहेका बालकलाई गोमन सर्पले टोकेको थियो।
- उपचारका लागि अस्पताल लैजाँदै गर्दा बालकको बाटोमै मृत्यु भयो।
दमक । सर्पको डसाइबाट झापाको शिवसताक्षीमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–७ लालपानी बस्ने मनकुमार तामाङका पाँच वर्षीय छोरा सक्षम तामाङ रहेका छन् ।
घर नजिकैको बाँसको झ्याङ नजिक खेलिरहेको अवस्थामा उनको बायाँ खुट्टामा विषालु गोमन सर्पले टोकेको थियो । खुट्टामा चोट लागेर बेहोस भएपछि बालकलाई उपचारका लागि विर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको थियो ।
बालक खेलेको ठाउँ नजिकै गोमन सर्प फेला परेपछि सर्पले डसेको शङ्का गरिएको थियो । शुक्रबार साँझ ५ः ०० बजेतिर नेपाली सेनाको सर्पदंश केन्द्र चारआलीतर्फ लैजाने क्रममा ती बालकको बाटोमा नै मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण