लागुऔषधसहित सिनामंगलबाट एकजना पक्राउ
शनिबार, ०८ कात्तिक २०८२, १३ : २३
सारांश
- सिनामंगलबाट प्रहरीले लागुऔषध पोलन र एम्पुलसहित एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा चितवनका कुमार परियार छन्, उनको साथबाट लागुऔषध बरामद भयो।
- प्रहरीले परियारको साथबाट विभिन्न प्रकारका एम्पुल र पोलन बरामद गरेको छ, अनुसन्धान जारी छ।
काठमाडौँ । काठमाडौँको सिनामंगलबाट प्रहरीले लागुऔषध पोलन र एम्पुल सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–१ घर भएर सिनामंगल बस्ने कुमार परियार छन् ।
४० वर्षीय परियारको साथबाट १२ वटा पोलनको डल्ला, नुफ्रिन ३५ एम्पुल, डाइजेपाम ३५ एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोराइड ३५ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आरोपीबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण