मिथिला विवाह परम्परामाथि लेखिएको पुस्तक विमोचन
सारांश
- पर्सामा मिथिला विवाह संस्कारबारे लेखिएको पुस्तक विमोचन भयो।
- लोसपा उपाध्यक्ष कर्णले पुस्तक मिथिला विवाह परम्पराको ग्रन्थ भएको बताए।
- लेखिका चञ्चला राजले पाँच वर्ष लगाएर पुस्तक तयार पारेकी हुन्।
पर्सा। मिथिला क्षेत्रको चार दिनसम्म चल्ने विवाह संस्कारमा केन्द्रित रहेर लेखिएको 'मिथिला में विवाह संस्कारक विशिष्ट परम्परा' नामक पुस्तक शनिबार विमोचन भएको छ। पर्साको वीरगञ्जमा पूर्वमन्त्री एवं लोसपा नेपालका उपाध्यक्ष लक्ष्मणलाल कर्णको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमका बीच सो पुस्तक विमोचन भएको हो।
विमोचनपछि बोल्दै लोसपाका उपाध्यक्ष कर्णले यो पुस्तक मिथिला विवाह परम्पराबारे लेखिएको ग्रन्थ भएको र आउँदो पुस्ताको लागि यो निकै उपयोगी हुने बताए। उनले बिहेको कुराकानी सुरु भएको दिनदेखि चार दिनसम्म चल्ने विवाह समारोहको सम्पूर्ण परम्परा र विदाईपछि केटा पक्षको घरमा चल्ने रीतिरिवाज बारे विस्तारपूर्वक लेखिएको जानकारी दिए।
पुस्तककी लेखिका, वीरगञ्जकी समाजसेवी एवं महिला उद्यमी चञ्चला राजले पाँच वर्ष लगाएर मिथिला क्षेत्रका मौलिक परम्परा र रीतिरिवाज समेटेर पुस्तक तयार पारेको बताइन्। उनले अब मिथिला क्षेत्रमा हुने विवाह समारोहमा यो पुस्तकको अत्यन्त महत्त्व हुने र विवाहको लागि एउटा अनिवार्य विधान जस्तै बन्ने विश्वास व्यक्त गरिन्। विवाहमा सानो विधि व्यवहारमा पुरोहित र वयोवृद्धहरूबीच हुने वादविवाद तथा झगडा अब यो पुस्तकले अन्त्य गर्ने उनको दाबी छ।
भारत सरकारको पद्मश्रीबाट सम्मानित मैथिली साहित्यकार डा. शेफालिका वर्माले यस पुस्तकको भूमिका लेखेकी छन्। उनले भिडियो सन्देशमार्फत यो पुस्तक नेपाल र भारतमा मात्र नभई विश्वभर बसोबास गर्ने मिथिलावासीहरूलाई आफ्नो वैवाहिक परम्परा र रीतिरिवाज बारे ज्ञान आर्जन गर्न सहयोगी हुने विश्वास व्यक्त गरिन्।
पुस्तक विमोचन समारोहमा मधेश विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्य, चर्चित लेखक तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष गणेश लाठ, चित्रगुप्त समिति पर्साका अध्यक्ष महेश दास लगायतको उपस्थिति थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण