अर्थमन्त्रीलाई नाफिजले बुझायो प्रतिवेदन
सारांश
- नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले 'जेनजी आन्दोलन'पछिको अर्थतन्त्रको मार्गचित्र प्रतिवेदन सरकारलाई बुझायो।
- प्रतिवेदनमा गत भदौ २३ र २४ गतेको 'जेनजी' प्रदर्शनका क्रममा भएको क्षतिको अध्ययन गरिएको छ ।
- अर्थमन्त्रीले क्षतिको विवरण आएपछि व्यवसायीलाई आवश्यक सहयोग गर्ने बताए, क्षतिको तथ्याङ्क सङ्कलन भइरहेको छ।
काठमाडौँ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले तयार पारेको ‘जेनजी आन्दोलन (ध्वंश) पछिको अर्थतन्त्रको मार्गचित्र’ नामक प्रतिवेदन सरकारलाई बुझाइएको छ ।
गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको क्षति र मुलुकको अर्थतन्त्रबारे अध्ययन गरिएको उक्त प्रतिवेदन नाफिज अध्यक्ष मेनुका कार्कीले आज अर्थमन्त्री डा रामेश्वर खनाललाई हस्तान्तरण गरिन् ।
कार्कीले भूकम्प, नाकाबन्दी र कोभिडले थलिएको अर्थतन्त्र क्रमशः सुधारोन्मुख भइरहेका बेला ‘जेनजी’ प्रदर्शनका क्रममा भएको घुसपैठले थप क्षतिग्रस्त हुन पुगेको बताउँदै त्यसको पूर्ति गर्न ठूलो स्रोत साधन खर्चिनुपर्ने आवश्यकता औँल्याइन् ।
अर्थमन्त्री खनालले यही प्रदर्शजका क्रममा भएको क्षति बिमा र वित्तीय प्रणालीले नसमेट्ने अवस्था भए सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले सरकारले हाल क्षतिको आधिकारिक तथ्याङ्क सङ्कलन गरिरहेको र क्षतिको विवरण आएपछि व्यवसायीलाई आवश्यक सहयोग गरिने बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण