प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोली राख्ने दुई जना पक्राउ
सारांश
- भदौ २४ गतेको प्रदर्शनमा लुटिएको पेस्तोलको गोली लुकाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा १७ वर्षीय अनिश गिरी र १६ वर्षीय सोनम थापामगर रहेका छन्।
- उनीहरूको कोठाबाट पेस्तोलको गोली बरामद गरिएको छ र थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको पेस्तोलको गोली लुकाइछिपाई राखेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बर्दिया बढैया गाउँपालिका–३ घर भई हाल काठमाडौँ कपन बस्ने १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई हाल काठमाडौँ मालिगाउँ आनन्द भैरव मार्ग बस्ने १६ वर्षीय सोनम थापामगर पक्राउ परेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
कार्कीले भने, “प्रहरीले काठमाडौँ महानगरपालिका–३२ नरेफाँटस्थित चेकजाँचका क्रममा शङ्कास्पद अवस्थामा फेला परेका गिरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजसहित उनका साथी थापामगरको कोठामा पेस्तोलको गोली भेटिएको हो ।”
पक्राउ परेका गिरीलाई सोधपुछ गर्दा गत भदौ २४ गते प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोली लुकाइछिपाई राखेको र उनका साथी थापामगरले पनि प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोली लुकाइछिपाई राखेको जानकारीअनुसार उनीहरूलाई शुक्रबार पक्राउ गरी थप अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त दरबारमार्ग पठाइएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा गिरीको लाजिम्पाटस्थित कोठा खानतलासी गर्दा ३११२३ लेखिएको पेस्तोलको गोली तीन थान फेला परेको र थापामगरलाई खोजतलास गर्दै जाने क्रममा मालिगाउँ आनन्द भैरव मार्गस्थित रहेको कोठा खानतलासी गर्दा उक्त कोठाबाट पनि ३११२३ लेखिएको पेस्तोलको गोली दुई थान, छालाको पेटी बेल्टको बक्कल एक थान फेला पारी बरामद गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण