हायात होटलमा कर्मचारीलाई प्रवेशमा अवरोध, धेरैजसो कर्मचारी गेटबाटै फर्काइए
सारांश
- हायात होटलले आजदेखि कर्मचारी प्रवेशमा रोक लगाएको छ।
- अस्थायी, करार र दैनिक ज्यालादारीका कर्मचारीलाई गेटबाटै फर्काइएको छ।
- होटल व्यवस्थापनले पुनर्निर्माणका लागि १८ देखि २४ महिनासम्म होटल बन्द गर्ने जनाएको छ।
काठमाडौं । हायात होटलमा आजदेखि कर्मचारीलाई प्रवेशमा अवरोध गरिएको छ । होटल प्रशासनले आज होटल प्रवेशमा रोक लगाएको हो ।
होटलमा स्थायी, अस्थायी, करार तथा दैनिक ज्यालादारीमा मजदूरहरू कार्यरत थिए । त्यसमध्ये स्थायी कर्मचारीलाई परिचयपत्र देखाएर पार्किङ एरियासम्म जान दिइएको छ । अस्थायी, करार र दैनिक ज्यालादारीका कर्मचारीहरूलाई गेटबाटै फर्काइएको छ ।
अहिले स्थायी कर्मचारीहरू होटल व्यवस्थापनले वार्तामा बोलाउने प्रतिक्षामा बसिरहेका छन् । तर अहिलेसम्म कुनै खबर नआएको एक कर्मचारीले बताए ।
‘हामी पार्किङ एरियामै छौं, भित्र जान दिइएको छैन, खानेपानी र शौचालयजस्तो न्यूनतम कुराबाट समेत बञ्चित गरिएको छ, हामी वार्तामा बोलाउने प्रतिक्षामा छौं,’ ती कर्मचारीले भने ।
होटल प्रशासनले कात्तिक २ गते सूचना जारी गर्दै होटल बन्द रहने जानकारी गराएको थियो । जेनजी आन्दोलनका कारण क्षति भएको भन्दै पुनर्निर्माणका लागि भन्दै होटल बन्द गर्नुपरेको होटल व्यवस्थापनको तर्क छ ।
यो पुनर्निर्माणको लागि १८ देखि २४ महिनासम्म समय लाग्ने बताइएको छ । स्थायी कर्मचारीलाई त्यो महिनासम्म बेतलबी रुपमा बस्न भनेको र अरुका लागि कुनै सुविधाबिनै निकाल्न लागिएको मजदूरहरूको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण