गणपतिलाल श्रेष्ठको मन्त्रालय परिवर्तन
सारांश
- गणपतिलाल श्रेष्ठको मन्त्रालय परिवर्तन भएको छ, उनलाई भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री बनाइने भएको छ।
- डा.सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन्।
- नयाँ मन्त्रीहरूको सपथ आइतबार दिउँसो साढे २ बजे हुने तय भएको छ।
काठमाडौँ । गणपतिलाल श्रेष्ठको मन्त्रालय परिवर्तन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रपति कार्यालयमा मन्त्री बन्नेहरूको नामावली पठाउँदा श्रेष्ठको मन्त्रालय परिवर्तन भएको हो ।
श्रेष्ठलाई पहिला संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउने तयारी थियो । तर, राष्ट्रपति कार्यालयमा नामावली पठाउँदा भने भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री बनाउने उल्लेख रहेको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।
त्यो बाहेक डा.सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री, खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइँदै छ ।
सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा थपिन लागेका चार मन्त्रीको शपथ आइतबार दिउँसो साढे २ बजे हुने तय भइसकेको छ । यसअघि भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी अनिलकुमार सिन्हाले सम्हाल्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण