मन्त्रिपरिषद् विस्तार
चार मन्त्रीको शपथ साढे २ बजे
आइतबार, ०९ कात्तिक २०८२, १० : ५६
सारांश
- आइतबार दिउँसो साढे २ बजे सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा थपिने चार मन्त्रीको शपथ लिइने भएको छ।
- खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, डा.सुधा शर्मा गौतम र बब्लु गुप्तालाई मन्त्री बनाउन लागिएको छ।
- डा. गौतम स्वास्थ्य, सुनार श्रम, श्रेष्ठ पर्यटन, र गुप्ता युवा तथा खेलकुद मन्त्री बन्नेछन्।
काठमाडौँ । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा थपिन लागेका चार मन्त्रीको शपथ आइतबार दिउँसो साढे २ बजे हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले साढे २ बजेका लागि शपथको समय निर्धारण भएको जानकारी दिए ।
प्रधानमन्त्री कार्कीले आइतबार खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, डा.सुधा शर्मा गौतम र बब्लु गुप्तालाई मन्त्री बनाउन लागेकी छन् । डा. गौतम स्वास्थ्य तथा जनसङ्ख्या, सुनार श्रम तथा रोजगार, श्रेष्ठ भूमि व्यवस्था, गुप्ता युवा तथा खेलकुद मन्त्री बन्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण