सीमित स्रोत साधनको अधिकतम उपयोग गर्दै योजना कार्यान्वयनमा सरकार केन्द्रित : मुख्यमन्त्री आचार्य
सारांश
- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सीमित स्रोतको अधिकतम प्रयोग गर्ने बताए।
- उनले विकास योजनाहरूलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको जनाए।
- सडक, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले प्राथमिकता दिएको छ।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सीमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै योजना निर्माण र कार्यान्वयनमा सरकार केन्द्रित रहेको बताएका छन् ।
नेकपा (एमाले) ले सन्धिखर्क नगरपालिका–५, वाङ्गलामा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले स्रोत–साधनको सीमितताबीच पनि विकास योजनाहरू प्रभावकारी रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
उनका अनुसार सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा सरकारले उच्च प्राथमिकता दिएको छ । उनले कुँडुले खानेपानी आयोजना कार्यान्वयनमा रही पूरा गर्ने तयारी गरिएको र मिलमिले–बलेवाङ सडकसँगै सन्धिखर्क–तम्घास सडकखण्डको बाँकी काम पनि छिट्टै अघि बढ्ने जानकारी दिए ।
कार्यक्रममा एमाले अर्घाखाँचीका जिल्ला सदस्य शुष्कमा श्रेष्ठ, शिव अधिकारी, डिलाराम बन्जाडे लगायतले पनि सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण