हायात होटलको सूचनाविरुद्ध ट्रेड युनियनको संयुक्त विज्ञप्ति, भने– ‘होटल बन्द गर्ने निर्णयमा सहमत छैनौँ’
काठमाडौँ । बौद्धस्थित हायात रिजेन्सी होटल व्यवस्थापनले होटल बन्द गर्ने गरी गरेको निर्णयप्रति कर्मचारी युनियनहरूले आपत्ति जनाएका छन् ।
आइतबार होटलमा क्रियाशील तीन ट्रेड युनियन सङ्गठनले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै क्षतिको कारण देखाउँदै होटल बन्द गर्ने र श्रमिकलाई कार्यस्थलमा उपस्थित नहुन दिएको निर्देशनप्रति आपत्ति जनाएका हुन् ।
नेपाल पर्यटन, होटल क्यासिनो तथा रेष्टुरेन्ट श्रमिक सङ्घ,अहिले नेपाल होटल रेष्टुरेन्ट तथा क्यासिनो मजदुर सङ्घ र नेपाल स्वतन्त्र होटल मजदुर युनियनले संयुक्त विज्ञप्तिमा गर्दै व्यवस्थापनको यो निर्णय एकपक्षीय, श्रम कानुन विपरीत र सयौँ कर्मचारीको रोजगारी गुमाउने जोखिमपूर्ण कदम भएको ठहर गरिएको छ ।
२०८२ भदौ २३ र २४ गते भएको आन्दोलन र तोडफोडका कारण होटल संरचनामा क्षति पुगेको अवस्थामा पुनर्निर्माणको कारण देखाउँदै होटल व्यवस्थापनले सबै श्रमिकलाई अनिश्चितकालका लागि काममा नआउन निर्देशन दिएको थियो ।
सूचनामा यो निर्णय ट्रेड युनियनहरूसँगको छलफलपछि भएको भन्ने भ्रम सिर्जना गर्न खोजेको युनियनहरूको आरोप छ। संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘होटल बन्द गर्ने सन्दर्भमा हाम्रो कुनै सहमति वा समर्थन छैन ।’
युनियनहरूले होटलमा भएको क्षति मर्मत सम्भारपछि तत्काल सञ्चालन गर्न सकिने अवस्था रहेको स्पष्ट पार्दै पूर्ण रूपमा बन्द गर्ने निर्णय श्रमिक विरोधी भएको उल्लेख गरेका छन् । विगतमा होटलमा ठुलो क्षति हुँदा वा सङ्कट आउँदा समेत कर्मचारीको रोजगारी सुरक्षित गरेको उदाहरण दिँदै अहिले सामान्य क्षतिको बहानामा बन्द गर्ने निर्णय दुर्भाग्यपूर्ण रहेको उनीहरूको भनाइ छ ।
ट्रेड युनियनहरूले होटल बन्द गर्ने निर्णयले नेपालको अन्तर्राष्ट्रिय छवि धमिलो पार्ने, लगानी सुरक्षामाथि प्रश्न उठाउने, वैदेशिक लगानीको विकास कमजोर पार्ने र राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएका छन् । त्यसैले होटल प्रशासनलाई तत्काल आफ्नो निर्णय फिर्ता लिई होटल सञ्चालनमा ल्याउन तथा सबै श्रमिकको रोजगारी सुरक्षित गर्न आग्रह गरेका छन् ।
उनीहरूले नेपाल सरकार र सम्बन्धित निकायहरूलाई तोडफोड तथा क्षति पुर्याउने घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग समेत गरेका छन् ।
_vJUaOMDozC.jpg)
_zOi2IhS4Jr.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण