काठमाडौँ उपत्यकामा ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन
सारांश
- भदौमा युवा प्रदर्शनका क्रममा आगजनी हुँदा बन्द भएको ट्राफिक सचेतना कक्षा पुनः सुरु हुने भएको छ।
- कात्तिक ११ गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी पूरा भएको काठमाडौँ ट्राफिक प्रहरीले जनाएको छ।
- मापसे, तीव्र गति र लेन उल्लङ्घन गर्ने चालकलाई लक्षित गरी सचेतना कक्षा सञ्चालन हुनेछ।
काठमाडौँ । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाको प्रदर्शनका क्रममा ट्राफिक कार्यालयको भवनमा आगजनी हुँदा बन्द भएको ट्राफिक सचेतना कक्षा पुनःसञ्चालन हुने भएको छ । यही कात्तिक ११ गतेदेखि पुनः ट्राफिक सचेतना कक्षा सञ्चालन गर्नेगरी सम्पूर्ण तयारी पूरा भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनले भने, ‘जेनजी प्रदर्शनमा हाम्रो ट्राफिक सचेतना कक्षा, भवन, उपकरणलगायत सामग्री जलेर नष्ट भएका थिए । अहिले भवनसहित आवश्यक उपकरणहरू तयार गरेका छौँ । अब पुनःट्राफिक सचेतना कक्षा सुरु गर्दैछौँ ।’
काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने, तीव्र गतिमा सवारी गुडाउने, रातो बत्ती तथा सडक लेन उल्लङ्घन गरी कारबाहीमा परेका चालकहरूलाई लक्षित गरी ट्राफिक प्रहरीले भौतिक रूपमा उपस्थित गराई उक्त सचेतना कक्षा सञ्चालन गर्दै आएको थियो ।
सार्वजनिक बिदाका दिनबाहेक अन्य दिनमा उक्त कक्षा सञ्चालन गरिने प्रवक्ता सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण