एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकका नाममा रहेका बैंकिङ्ग तथा गैर–बैंकिङ्ग सम्पत्तिका साथै धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउने अनलाइन पोर्टल सार्वजनिक गरेको छ।
बैंकले सञ्चालनमा ल्याएको उक्त पोर्टलमार्फत लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्तानम्बर, क्षेत्रफल, फोटो, नक्सा र गुगल म्यापमार्फत स्थान (लोकेशन) पहिचान गर्न सकिने सुविधा उपलब्ध गराइएको छ।
ग्राहकहरूले लिलामसम्बन्धी सूचनामा रहेको क्युआर कोड स्क्यान गरी सो पोर्टलमा प्रवेश गर्न सक्नेछन्। त्यहाँबाट इच्छुक व्यक्तिले सम्पत्तिको विस्तृत विवरण हेर्नका साथै, थप जानकारी आवश्यक परेमा आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना सहित म्यासेज पठाउने व्यवस्था समेत गरिएको बैंकले जनाएको छ।
एनआईसी एशिया बैंकका अनुसार, पोर्टलमा बैंकिङ्ग, गैर–बैंकिङ्ग र धितो सुरक्षणमा रहेका सम्पत्तिहरूका विवरण र लिलाम बिक्रीसम्बन्धी अन्य सूचना नियमित रूपमा प्रकाशन गरिनेछ।
बैंकले विश्वास व्यक्त गरेको छ कि नयाँ अनलाइन पोर्टलबाट इच्छुक ग्राहकहरूले बिक्रीमा रहेका सम्पत्तिहरुको सम्पूर्ण विवरण सजिलै बुझी लाभ उठाउन सक्षम हुनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण