एसियाली यूथ गेम्सका लागि जुडो टोली बहराइन जाने
सारांश
- तेस्रो एसियाली यूथ गेम्समा भाग लिन नेपाली जुडो टोली बहराइन प्रस्थान गर्दैछ।
- नेपालबाट समिता नेपाली महिला ४४ केजीमुनि प्रतिस्पर्धा गर्दैछिन्, जसमा १३ प्रतिस्पर्धी छन्।
- नागार्जुन नगरपालिका वडा १ ले टोलीलाई बिदाइ गर्यो, र समितालाई पदक जिते नगद पुरस्कार दिने घोषणा गरियो।
काठमाडौँ । तेस्रो एसियाली यूथ गेम्समा सहभागी हुन नेपाली जुडो टोली सोमबार बहराइन जाने भएको छ । एसियाली यूथ गेम्स सुरु भइसकेपनि जुडोको प्रतिस्पर्धा अक्टोबर २९ तारिखदेखि हुनेछ ।
जुडोमा नेपालबाट महिला ४४ केजीमुनि समिता नेपालीले चुनौती प्रस्तुत गर्ने छिन् । समितासहित उनको स्पर्धामा १३ प्रतिस्पर्धी छन् । समिता बन्दी सहायता नियोग (पाम) की खेलाडी हुन् ।
समितिको प्रशिक्षकमा राष्ट्रिय टिमकी सदस्य देवकीमाया श्रेष्ठ छिन् । पामकै सहायक जुडो प्रशिक्षक देवकी पनि पामकै उत्पादन हुन् ।
टोलीलाई नागार्जुन नगरपालिका वडा १ ले आइतबार बिदाइ गरेको छ । वडा १ का अध्यक्ष रामेश्वर लामा, जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रन्जित, पामका कार्यकारी निर्देशक एवं प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठ, पामका सदस्य छविन्द्र श्रेष्ठले एक कार्यक्रमबिच बिदाइ गरे ।
सो अवसरमा अध्यक्ष लामाले समिताले पदक जिते व्यक्तिगत रूपमा २५ हजार नगदसहित सम्मान गर्ने प्रतिबद्धता जनाए ।
एसियाली यूथ गेम्सकै लागि नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य र आईटी एक्सपर्ट सुप्रसिद्ध ताम्राकार पनि सोमबारै बहराइन जाने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण