जेनजी आन्दोलन हुँदा गृह सचिव रहेका दुवाडीलाई काठमाडौँ बाहिर जान आयोगको अनुमति
सारांश
- गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई उपत्यका छाड्न अनुमति दिइएको छ।
- विशेष अदालतका पूर्वअध्यक्षको नेतृत्वमा गठित आयोगले दुवाडीसहित ५ जनालाई उपत्यका छाड्न रोक लगाएको थियो।
- दुवाडी जेनजी प्रदर्शनमा भएको क्षतिको विवरण संकलन समितिको संयोजक भएकोले उपत्यका बाहिर जान अनुमति पाएका हुन्।
काठमाडौँ । जेनजी प्रदर्शन हुँदा गृह मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका गोकर्णमणि दुवाडीलाई उपत्यका छाड्न अनुमति दिइएको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले दुवाडी सहित ५ जनालाई उपत्यका बाहिर जान रोक लगाउने निर्णय गरेको थियो ।
भदौ २३ र २४ मा भएको घटना छानबिन गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र सचिव दुवाडी र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई उपत्यका छाड्न रोक लगाएको थियो । उनीहरूको पासपोर्ट पनि रोक्का गरिएको छ ।
दुवाडी हाल राष्ट्रिय योजना आयोगको सदस्य सचिव छन् । उनलाई जाँचबुझ आयोगले उपत्यका छाड्न अनुमति प्रदान गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । जेनजी प्रदर्शनमा भएको क्षतिको विवरण संकलन गर्ने समितिको संयोजक रहेको हुनाले उनलाई उपत्यका बाहिर जान अनुमति दिइएको ती अधिकृतको भनाइ छ । ती अधिकृतले भने, ‘उहाँ क्षतिको विवरण संकलन समितिको संयोजक हुनुहुँदो रहेछ, त्यसैले उपत्यका बाहिर भएको क्षतिको विवरण संकलन गर्नका लागि अनुमति प्रदान गरिएको हो ।’
जेनजी प्रदर्शनकारीले भदौ २४ मा बलम्बुस्थित दुवाडीको घरमा आगजनी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण