शान्ति र समानताको पर्व छठ
सारांश
- छठ पर्व सूर्य र षष्ठी देवीको पूजा गरी मनाइन्छ, जसले कृषि, सामाजिक सम्बन्ध र सभ्यता झल्काउँछ।
- यो पर्वमा कृषि उत्पादन र सूर्यको प्रकाशको महत्त्वलाई जोड दिइन्छ, जसले प्राकृतिक सम्पदाको संरक्षणलाई जनाउँछ।
- छठ पर्व अहिले समावेशी हुँदै गएको छ, तर पर्वको मौलिकतामाथि चुनौतीहरू पनि देखा परेका छन्।
कार्तिक शुक्लपक्षको चतुर्थीका दिनदेखि षष्ठी तिथिसम्म सूर्यकी बहिनी षष्ठी देवीको नाममा पूजाअर्चना गरी पुत्र, पति र परिवारको सुख समृद्धिको कामना गरी मनाइने पर्व हो छठ पर्व । यो पर्वले कृषि उत्पादन, सामाजिक रहन–सहन र सभ्यताका पक्षलाई प्रतिबिम्बित गर्छ । कृषि उत्पादनका पहिचानलाई पुनरावृत्ति गराउँछ ।
गम्रिधान, सुथनी, अदुवा, उखु, नरिवल, सख्खर, कागती, गहुँ, केराका थामजस्ता बस्तुको प्रयोगले किसानको श्रम र कृषि पहिचानलाई जगेर्ना गरेको छ यो पर्वले । यसमा कृषि उत्पादनका सबै प्रक्रिया सूर्यको प्रकाशबाट सञ्चालित भएकाले सूर्यलाई नै शक्तिको स्वरूप मानी पूजा गरिन्छ । जसले प्राकृतिक सम्पदाको संरक्षण गर्नु नै जीवनको सम्पन्नता हो भन्ने प्रतिबिम्बित गरेको छ ।
संसारमा प्राचिनकालदेखि नै सबै धर्मले सूर्यलाई देउताका रूपमा मान्दै आएका छन् । सभ्यताको इतिहासमा मिश्रको सभ्यता नै सबै भन्दा पुरानो हो र त्यहाँ यो प्रस्ट देखिन्छ । हरिलाई होरस, ईश्वरलाई इसीस, शिवलाई शैव्य, क्षत्रियलाई खेत, सरदलाई सर्दी जस्ता शब्दको प्रयोग भएको पाइन्छ भने मूर्तिमाथि टीका लगाउने चलन रहेको पनि पाइन्छ ।
सिन्धुघाटीको सभ्यताबाट हिन्दु शब्दको उत्पत्ति भएको पहिलो सनातन धर्मको धर्मावलम्बीहरूले भाइचारा भएको प्रतिकले यसमा असीम प्रेम र सांस्कृतिक आदान–प्रदानकै रुमलाई दर्साउँछ । अहिले पूर्वीय संस्कृतिमा भगवान्को रूपमा सूर्यलाई र छठी माताको रूपमा कात्यायनीलाई गरिने पूजामा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने विधि आएको छ ।
ऋगबैदिक कालमा इन्द्रलाई वर्षाको देउता मानेको पाइन्छ । मिश्रको सभ्यतामा इजिप्टले नै शिव लिङ्गको पूजा सम्बन्धी संस्कृतिबाट नै पैगोडा शैलीका मन्दिर र पिरामिड बनाएको देखिन्छ । जसको प्रतिबिम्ब भूमध्य सागरको उत्तर पूर्वमा गाजापट्टी, इजरायल र पूर्वमा लालसागर, पश्चिममा लिबिया र दक्षिणमा उडानसम्म प्रभावित भएर नै सभ्यताको पहिचान दिएको छ ।
प्राचीन मान्यता अनुसार गज्जपत, भुपद् र अघिपद् नामका तीन भाइहरूको अन्तरकलहमा गज्जपद् इजिप्ट छोडेर भारत वर्ष प्रवेश गरेको देखिन्छ भने सिन्धु नदीको बन्दरगाह अरब र भारतको संस्कृतिको मिलन केन्द्रले इसलामी शासकहरूले पनि सूर्य र नील नदीको पूजालाई महत्त्व मान्दै अर्घ दिने चलनबाट सूर्य पूजा गर्ने चलन आएको देखिन्छ ।
स्मरण रहोस् ३६५ दिन र १२ महिनाको क्यालेन्डर पनि मिश्रबाट नै आएको हो । इशा पूर्व ५ सय वर्षसम्म मिस्रवासी १४ सय देवी देउताको पूजा गर्थे भन्ने मान्यता पाइन्छ । भारतमा आदिकालीन सूर्य वंशी भरत राजाहरूले छठ पर्वलाई प्रमुखता दिएर नै उत्तराखण्डमा उत्तरायण पर्व, केरलमा वणम, कर्णाटकमा रथ सप्तमी र बिहारमा छठपर्वलाई महापर्वका रूपमा मनाइन्छ । जहाँबाट सूर्य दक्षिणायनतर्फ जान्छ ।
युनानका दार्शनिक प्लेटोको रिपब्लिक पुस्तकमा सूर्यलाई हेलियोस र युनानमा सोल भनेर पूजा गरियो भने जापानमा सूर्यलाई माताको रूपमा पूजा गरिन्छ । त्यहाँ वमेकानि भनिन्छ । अमेरिकामा तोन्तीका रूपमा एपोलो भनेर पुजिन्छ । सनातन धर्ममा अग्नि बताइन्छ र सूर्यलाई शिवका तीन नेत्र मध्ये एक मानिन्छ । चीन देशमा त बेइजिङमा १५ सय इस्वीमा मिङ राजवंशको जियाजिङ्ग सम्राट्ले बनाएका सूर्य मन्दिर अदोप्रान्त छँदैछ ।
यसरी छठपर्वमा पुजिने सूर्य र जललाई आदि शक्तिकै रूपमा मानिआएको छ । अर्थबेदमा सूर्यको किरणले बैज्ञानिक पक्षमा खुट्टा, जोर्नी, तिघ्रा, मष्तक, कपाल, क्रोध र मुटु सम्बन्धी रोगको उपचार सूर्यको करणबाट गर्न सकिने उल्लेखबाट वर्तमानमा योग विद्यामा सूर्य नमस्कारको महत्त्व छ ।
वर्तमानमा छठपर्व समावेशी बन्दै गएको छ र गैर मिथिलावासीले पनि यसको महत्त्व बुझेर पहाडबाट झरेका पहडिया, काठमाडौँका नेवारहरू पनि काठमाडौँको थापाथली, बागमती, मनोहरा र रानीपोखरीमा छठपर्व मनाउन थालेका छन् । जसले समावेशी बन्दै गएको सङ्केत दिन्छ । त्यति मात्र होइन कानुनले अव छुवाछुत मुक्त गर्न थालेको छ भने छठपूर्वकाल देखि नै छुवाछुत मुक्त गरेर सद्भाव बढाएको छ ।
एकै जलासयमा छठको घाट बनाई छठ माताको पूजा गर्ने मात्र होइन डोम जातिले बनाएको ढाकी, नाङ्लो, बाँसका सामग्री र कुमाल जातिले बनाएको हात्तीको प्रयोगले सबै जाति मिलेर जलाशयको सरसफाइ, घाट निर्माण तथा नाचगानले सामाजिक सद्भाव र जातीय समानता बढाएको छ ।
तर, विडम्बना के छ भने छठ पर्वको मौलिकतामाथि नै चुनौती खडा गरेको छ । ढाकी र नाङ्लो, माटोको भाँडाको सट्टा पितलका भाँडाकुँडा तथा प्लास्टिकका सामान, कृत्रिम फुल, साउण्ड सिस्टम जस्ता प्रयोग भएर परम्परालाई तोड्दै गएको छ भने खर्चिलो भएर गरिबलाई चिन्ता बढेको छ । हिनताबोध बढ्दै गएको छ र छठपर्व माथि नै पवित्र आस्था, विश्वास र निष्ठा डगमगाउन थालेको छ ।
(लेखक सिरहाका वरिष्ठ पत्रकार हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण