छुट्टिए टिभीका चर्चित जोडी जय भानुशाली र माही विज
सारांश
- भारतीय टिभी कलाकार जय भानुशाली र माही विजले १५ वर्षपछि सम्बन्ध विच्छेद गरेका छन्।
- सम्बन्ध विच्छेदको कारण ‘ट्रष्ट इश्यू’ रहेको र उनीहरूले सम्बन्ध जोगाउन धेरै प्रयास गरे।
- जोडीले जुलाई-अगस्टमा सम्बन्ध विच्छेदलाई अन्तिम रूप दिएको र बच्चाहरूको कस्टडीबारे पनि निर्णय भइसकेको छ।
नयाँ दिल्ली । भारतीय टिभी उद्योगमा एक जोडीको सम्बन्ध विच्छेद भएको छ । भारतीय सञ्चार माध्यमहरूकाअनुसार जय भानुशाली र माही विजले १५ वर्षपछि वैवाहिक सम्बन्ध अन्त्य गरेका छन् । यो खबरले सामाजिक सञ्जालमा हंगामा मच्चाएको छ । एक्कासी आएको यो खबरले यस जोडीका फ्यानहरू छक्क परेका छन् ।
हिन्दुस्तान टाइम्समा छापिएको समाचारका अनुसार जय भानुशाली र माही विजले आफ्नो १५ वर्षको वैवाहिक जीवनलाई सधैंको लागि अन्त्य गर्ने निर्णय गरेका छन् । जोडीले आफ्नो सम्बन्ध बचाउन धेरै प्रयास गरेको भएपनि तर असफल भएको अनि अन्ततः यो जोडीले सम्बन्ध विच्छेद गरेको स्रोतहरूले मिडियालाई बताएका छन् ।
समाचारमा जय भानुशाली र माही विज धेरै समय अघि नै अलग भएको उल्लेख छ । उनीहरूले केही महिना अघि सम्बन्ध विच्छेदको लागि निवेदन दिएका थिए । जुलाई–अगस्टमा कागजातहरूमा हस्ताक्षर र सम्बन्ध विच्छेदलाई अन्तिम रूप दिइएको भनिएको छ । बच्चाहरूको कस्टडीबारे पनि निर्णय भइसकेको भनिएको छ । तर अहिले भने सम्बन्ध विच्छेदको वास्तविक कारण बाहिर आएको छ ।
- के हो कारण ?
जय भानुशालीसँग लामो समयदेखि माजी विजलाई ‘ट्रष्ट इश्यू’ भइरहेको र यही कारणले गर्दा दुई बीच खटपट भएको समाचारमा भनिएको छ । कुनै समय यो जोडीले एकसाथ भ्लग बनाउथे । तर अब यी दुईले एकअर्कासँग फोटो पोस्ट गर्न समेत बन्द गरेको निकट स्रोतको भनाइ उद्धृत गर्दै समाचारमा भनिएको छ । यो जोडी यस अघि २०२४ को जुनमा छोरी ताराको जन्मदिनमा सार्वजनिक रुपमा एक साथ देखा परेका थिए ।
भानुशालीले अक्टोबर १८ मा इन्स्टाग्राममा आफ्नी छोरी तारासँग जापान घुम्दाको भिडियो शेयर गरेका थिए । भिडियोमा जय टोकियोको शिबुया क्रसिङमा आफ्नी छोरी तारासँग थिए । क्याप्शनमा उनले ‘तपाईंले टोकियो ड्रिफ्टको बारेमा त सुन्नुभएको होला, अब बुबा र छोरीले शिबुया क्रसिङमा कसरी ड्रिफ्ट गर्छन् भनेर हेर्नुहोस्’ भनेर लेखेका थिए । भिडियोमा कमेन्ट गर्ने क्रममा माहीले छोरीको कपालमाथि टिप्पणी गरेपछि जयले छोरी आमासँग घुम्दा भन्दा बुबासँग घुम्दा बढी रमाउने जवाफ दिएका थिए ।
जुलाईमा माही विजले सम्बन्ध विच्छेदको अफवाहमा प्रतिक्रिया दिँदै सम्बन्ध विच्छेद गरेकै भएपनि भन्दै हिड्नु पर्ने तिमीहरू को हौ र भन्ने प्रश्न गरेकी थिइन् । उनले सबैलाई ‘बाँच र बाँच्न देऊ’ भनेर भनेकी थिइन् । माही र जयले २०११ मा विवाह गरेका थिए । यो जोडीका तीन सन्तान छन् । तारा, २०१९ मा जन्मिएकी हुन् भने २०१७ मा यिनीहरूले छोरा राजवीर र खुशीलाई धर्मपुत्र/धर्मपुत्री बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण