सङ्खुवासभामा सेना, सशस्त्र र प्रहरीको संयुक्त सुरक्षा गस्ती
सारांश
- सङ्खुवासभामा जेनजी आन्दोलनपछिको सुरक्षा चुनौती र चाडपर्वलाई मध्यनजर गर्दै संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ।
- नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले मुख्य बजार क्षेत्रहरूमा पैदल तथा मोबाइल गस्ती थालेका छन्।
- प्रहरी नायब उपरीक्षकका अनुसार, सुरक्षा चुनौती र भिडभाडका कारण संयुक्त गस्ती निगरानी बढाइएको हो।
खाँदबारी । जेनजी आन्दोलनपछि उत्पन्न भएको सुरक्षा चुनौती र चाडपर्वको चहलपहललाई मध्यनजर गर्दै सङ्खुवासभामा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले जिल्लाका मुख्य बजार क्षेत्रहरूमा एकसाथ पैदल तथा मोबाइल गस्ती थालेका हुन् । जिल्लाका खाँदबारी, तुम्लिङटार, चैनपुरलगायत बजार क्षेत्रमा विगत केही दिनयता संयुक्त टोलीको सक्रिय उपस्थिति देखिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार पछिल्ला राजनीतिक गतिविधि, आन्दोलन र भिडभाडका कारण सुरक्षामा थप चुनौती देखिएकाले सहकार्यमा संयुक्त गस्ती निगरानी बढाइएको हो ।
‘जिल्लामा शान्ति र सुरक्षाको अवस्था सुदृढ गर्न सबै सुरक्षा निकाय एकताबद्ध भएर काम गरिरहेका छौँ’, उनले भने- ‘मुख्य सडक, भिडभाड हुने स्थान, बसपार्क, बजार, बैङ्क तथा सरकारी कार्यालय वरपर निगरानी बढाइएको छ, सुरक्षा निकायका अनुसार यस्तो संयुक्त गस्तीले आपराधिक गतिविधि नियन्त्रण, चोरी, डकैती, झैझगडा तथा अवाञ्छित समूहको गतिविधि रोक्न सहयोग पुग्ने विश्वास गरिएको छ ।’
स्थानीयवासीले संयुक्त सुरक्षा बलको उपस्थिति देखिएपछि बजार क्षेत्र थप सुरक्षित महसुस भएको प्रतिक्रिया दिएका छन् । सेना र प्रहरीसँगै बजार गस्ती गर्दा वातावरण सुरक्षित महसुस हुन्छ, यस्तो पहल निरन्तर हुनुपर्ने खाँदबारीका व्यवसायी हिमाल श्रेष्ठ बताउँछन् ।
सुरक्षा स्रोतका अनुसार चाडपर्वमा भिडभाड बढ्ने सम्भावना भएकाले गस्तीलाई राति पनि निरन्तर गर्ने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण